कक्षा ११ र १२ मा गरिएकाे चर्को शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

0
1061

काठमाण्डाै,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्कप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियूले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा गरिएकाे चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनेरास्ववियूका कार्यबहाक संयोजक रञ्जित तामाङले बुझाउनु भएको ज्ञापन पत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थी मध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरिएको अनेरास्ववियूका कार्यबहाक संयोजक तामाङले जानकारी दिनुभयो । उहाँले स्थानीय तहले विद्यालय तहको छात्रवृत्ति वितरणमा विभेद गरेको पाइएको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि सरकारसँग आग्रह गरिएको बताउनु भयो ।

ज्ञापन पत्रमा विश्वविद्यालयको पदाधिकारी नियुक्ति पनि खुला प्रतिस्पर्धाको आधारमा गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिइएको छ ।-उज्यालोबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here