न्यूट्न्सका बिद्यार्थीले देखाए प्रतिभा

२९ भाद्र २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोड–५ मा रहेको न्यूट्न्स एजुकेशन एकेडेमीमा अध्ययनरत् प्रि–प्राइमेरीका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

राष्ट्रिय बालदिवस तथा संविधान दिवसको अवसर पारेर विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रममा बिद्यार्थीहरुले गीत, नृत्य लगायतका माध्यमबाट आफ्ना प्रतिभा प्रस्तुत गरेका हुन् । बिद्यार्थीहरुमा रहेको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाँईले बताए ।

कार्यक्रममा बिद्यार्थीहरुले गीत, नृत्य, रायम्स, वक्तृत्वकला लगायत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतम शर्मा शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगर कार्यपालिका सदस्य भगीरथा आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निमित्त प्रधानाध्यापक देवेन्द्र हुमागाईंले स्वागत गरेका थिए ।

कार्यक्रममा शिक्षक प्रतिनिधि सुवास तिम्सिनाले विद्यालयका संस्थापक प्राचार्य हरिकुमार प्रसाईं र धर्माकुमारी प्रसाईंबाट प्राप्त शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए । विद्यालयका शैक्षिक इञ्चार्ज नोयल परेराले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन शिक्षक मिनु शर्मा शिवाकोटी, मेनुका पहरी र विद्यार्थी करिना बस्नेतले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here