भ्रमण वर्षलक्षित पाँचखाल महोत्सव

0
530

काभ्रेपलाञ्चोक,

फुटबल क्षेत्रमा सक्रिय पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा)ले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पाँचखाल महोत्सव आयोजना गरेको छ ।

पुफाले भ्रमण वर्षलक्षित गर्दै दोस्रोपटक यही असोज २९ गतेदेखि कात्तिक ९ गतेसम्म महोत्सव आयोजना गरेको हो । पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज, स्थानीय पर्यटन तथा विविध सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पुफाका सचिव एवं महोत्सव संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।

“हामीले भ्रमण वर्षलक्षित महोत्सव आयोजना गरेका छौँ, महोत्सवले पाँचखालका उत्पादन तथा सांस्कृतिक एवं पर्यटन, दृश्यावलोकन स्तम्भलगायत स्थलको प्रचारप्रसार गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार महोत्सवले पाँचखालमा पर्यटक भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा पाँचखाल क्षेत्रमा बसोबास गर्ने दनुवार तथा तामाङ समुदायको वेषभूषा, कला संस्कृतिलाई विशेष महत्व दिइने योजना बनाइएको छ । महोत्सवमा एक सय स्टल रहने र करीब एक लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको पुफा अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, पर्यटकीय स्थान नगरकोटस्थित बृहत् पर्यटन सहकारी संस्थाले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा होमस्टे (घरबास) व्यवस्थापन गरेको छ भने विदेशी पाहुनाका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने, सहकारीमार्फत नगरकोटमा स्वदेशी–विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापन तथा होमस्टेको सङ्ख्या बढाउँदै लगिने, स्थानीय सक्षम युवा छनोट गरी ‘गाइड’ सम्बन्धी तालीम दिइने, पर्यटकीय एकीकृत बस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा जैविक तरकारी प्रयोग गराउन हाललाई उपलब्ध गराउने र त्यससम्बन्धी खेती शुरु गर्ने योजना बनाएको छ ।

यसअघि काभ्रेपलाञ्चोकमा पर्यटन प्रवद्र्धनार्थ भ्रमण वर्षलक्षित पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ, नमोबुद्ध हाइकिङ शुरु गरिएको छ । साथै, सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना अघि सारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here