गौंथलीको बाऊ ब्राण्ड लोकल न्यूज रिपोर्टिङका केही नमूना

0
827

व्यंग्यनारान पाँडे,

अलिक होइन निकै झुइँकेकै बुझिने गरी पाइला अनियन्त्रित टेक्तै धडाधड आएका गौंथलीको बाऊ धमाधम म बसिरहेको बरण्डामा उक्लिए अनि कुर्सी ध्वारारारा मेरो छेउमा तानेर ल्याईं त्यसमा थ्याच्च बसेपछि थुकका छिटा उछिट्याउँदै भने— “मलाई तपइँले अनपत्याकै होउ ?”

एक्कासी यस्तो लाप्पा खेल्न आएको आभास हुने प्रश्न आफूसामू तेर्सिंदा म मात्र होइन जो–कोही एकपल्ट चख्ल्याँस्स पर्दो हो, तर म त्यसो भइन । म उनलाई धेरै बर्षदेखि कसरी जान्दछु भने— उनको मृत्युपछि यस किसिमको मान्छेरुपी प्राणीको यो पृथ्वीभरि नै दुर्भिक्ष नै हुन्छ । र, जवाफमा मैले उनीतिर शालीन आँखाले हेर्दै मुसुक्क हाँसिदिएँ मात्र ।

उनले भिरिराखेका झोली कुमबाट निकालेर काखमा राखे र त्यसभित्रबाट रुलिङ खातामा चारपाँचवटा पन्ना निकालेपछि भने— “मैले भरे राती इन्टरन्याँटको फेसुकबड मेडियामा ठ्याँस्न रेड्डी पारेका एस टरमका समचारहर्का इन्पोरट्यान–इन्पोरट्यान न्यूचहेरु इन पन्नाहर्मा लेखिया छन् । इ न्यूच सुनेसि तपइँ मलाई रिपोटिन गर्न सब्से च्याम्पेन पत्रकार गर्ने बेक्तित्तो होइन भन्न छाडेर म पतइँकाँ आका बेला चाइन्जोकेरे धेरै नभा पनि थोडा कुछ हातलागी गराउने कत्र्तब्बेतिर सोतह लाग्छौ । आजैदेखुन् पत्रकार गर्नेलाई हातलागी गराउने करम थाले हुन्छ ।”

मैले उनका कुरा सुन्दै नसुने झैं गर्दै उनको झोलीतिरकुरो थुराउँदै भनें— “यो झोली त विभिन्न रंगका कपडा जोडेर तुनिएको जोगीको झोली जस्तो देख्छु नि दाइ ? दाइलाई ‘पत्रकार गर्ने’– को नाममा दिनुपर्ने दक्षिणा यही झोलीमा हालिदिनुपर्ने हो, जोगी–भिक्षुलाई जस्तै कि के दाइ ?”

उनले कुहिएको सिनु एक्कासी ठुस्स गन्हाए जस्तै नाक–मुख नराम्ररी कुच्याउँदै भने— “छोड न हओ यो झोलाको कुरो । कस्ता अरिमोठे कुरा गरिराख्या छ्याः ! म काँहाँ उस्तो जेन्टिलम्यान न्यूचको कुरो उठाइराँछु, काँहाँ तपइँ मेरो झोलीको कुरोमा अल्झेर डिस्टप खेल्छौ हँ ? एस्सो चइँ गर्छौ र त तपइँ पत्रकार गर्नेमद्देको चइँ फास किलास काइटेरिआको एरिआका हो र को सेकिन–थट काइटेरिआको एरिआ पर्छ, को एसपोट हो को चइँ अनएसपोट हो भन्र डिफेन छुट्याउनसक्ने कइलइ भनउ त यार ! नभादेखुन् अलि धइर्जे राखेर मैले उठाइराख्या मीन इन्पोरट्यान टपिकमा तपइँ सिरेसली भऊ न, सिरेसली भऊ ।”

मैले सुन्न तयार भएको हावभाव देखाउँदै भनें— “हुन्छ, म सिरियसली सुन्छु । लु सुनाउनोस् ।”
उनले झोलाबाट निकालेर खम्च्याङ–खुम्चुङ सोझ्याइसकेका पन्नाहरु हेर्दै एकछिन् घोरिएपछि भने— “तपइँले नै पढ्नु पो पर्छ त । फेरि तपइँ को होउ र मैले लेख्या समचारको न्यूचको म्याट्टर तपइँलाई सुनाउनुपर्ने हँ ? लु मैले प्रस्ट सुन्नेगरी एउडा–एउडा गर्दै पढेर सुनाऊ । मेरा आँखा अ‍ैले धमिइइइला भका छन्, म पढ्न सक्तिन । लेख्न त इनै आँखाका कमजोडीका कारनले गर्दा डिफिकल भो र मेरी कान्छी फुपूका छोरा बनजाँचेका भूतपूर्वक हल्दार—मेरा भान्दाइलाई लेखाउनु परो केरे । उन्का अछेर उति राम्रा छैनन् र भा पनि उनैले झर्को मान्दैनन्, क्यार्ने त ! रामदुलारीले इण्डेको हिन्दीमा ग्यारजुट त पास गरेकी हो नि । तर तेल्लाई नेपाली अछेर अआ–कख पनि पढ्न आ’त थुक्क, एउडै अछेर उक्काउन सके त मर्रिजाउँ लु । अन्त उनै भान्दाइलाई नलेखाई भो त ?”
म एकखेप जोडले हाँसें र भनें— “खोइ दिनोस्, म पढिदिन्छु ।”

उनले एउटा पन्ना छुट्याएर निधारमा छुवाए अनि मेरो हातमा दिँदै भने— “पैलीबड एइ चइँ पढिबाँची सुनाऊ त । एसबड तपइँको न्यूच पढ्ने तडिकाको टेस गर्छु र पास भयो भने आर्को–आर्को पनि दिँदै जान्छु नि । लु म मेरो कान रमाउने गरी पढ त ।”

उनले मलाई दिएको समाचार ‘सकारीमा भामट गडबडेसन’ शीर्षकको रहेछ । समाचारको पेटबोली यस्तो थियो—
थानीए बर्पिपुल सकारी समस्तामा थापनाकालमा अदच्छे भका सरले भामट गडबडेसन गरेका कारन र कर्तुतको पर्तेकुल पर्भाउ परेको हुँदाउँदी लगनीकर्ता–लगनीकर्तिनीहेरु रीले आग्गो भका कारन अ‍ैैलेका कार्रेकारी–कार्रेकार्नीहर्लाई उधुम ट्यान्सिन भइराख्या छ भन्र पर्जेबेक्छेक र सुत्रहर्ले हामेरका सम्भातदातालाई बताका छन् । यो मुद्दोको सखारै साउदान नभका खण्डमा यो मुद्दो धुम्धाम चर्केर गई मुक्कामुक्कीको बाताबर्ण बन्ने सिउरली छ भन्र हामेरको सुत्रत्रले बतायो ।
उनले ‘स्याब्बास’ भन्दै मेरो हातको पन्ना जिम्मा लिएर अर्को पन्नालाई उसरी नै निधारमा टँसाएर ढोगे अनि मलाई दिए । ‘रामनाम पराइभरी पाटशलको चउथा बाश्रिक उत्सौ’ शीर्षकको सो समाचार यस्तो लेखिएको रहेछ—

सो उक्त भब्बे बाश्रिक उत्सौ कार्रेकरममा पर्मुक अथितिमा नर्पालिकाका मेयार साप, विसिस अथितिका पर्जातन्त्र सेन्यानी उजीरमान साउका साला जरमान र पल्लो गाम्का राएस मिल मालिक रामखेलाओन जादौ अनि महेशपुरको फर्निचरवाला उत्पात घट्टनी थे । अतिथिहर्मा सिरमती राम जानकी, सिरिमती चञ्चली मइयाँ, नाम–थर नखोलिएकी मुसीकी आमा, हरिओम पुरेत र हर्के साउलाई सन्मान गरी राखिएको थ्यो । पाठशका सर राम गोतामेले एलाउन्सर गरेको सो–उक्त कार्रेकरममा पाठशलका हेटसर खँदालले स्वागत भासन भनेका थिए । समाचसेबीहेरु जुँगे बिस्ट, समाचसेबी सुपारी पइकारी मोटा उराउ, सिरिमती बामकुमारी ब्रामनीहेरुको उपश्रिति भको सो–उक्त कार्रेकरममा सप्पैले पालैपालो दुई शब्द पर्कट गरेका थे र पाठशलकी सिच्छिका मास्टरनी रुपरानी देउकोटाले धन्नेबात ग्याँपन गरेकी थिन् । अन्तेमा एकेकेओडा सिङ्गडा, एकेकओडा रसगोल्ला र छुस्स–छुस्स भुज्या अनि छुस्स–छुस्स कट्वा निम्कीको बट्टा खाजा बितर्न गरियाथ्यो । पत्रकार गर्नेहर्लाई खाममा नहाली बराबरी एकेक सौ थमा’र इजोत गरियाथ्यो । एसरी बेल्काखेरी कार्रेरकम सकियाथ्यो ।
यो समाचार पढिसकेपछि म एक रील हाँसे । उनले मेरो हाँसोको वास्तै नगरी प्रशन्न हुँदै अर्को पन्नालाई ढोगेर मेरो हातमा दिंदै भने— लु अब यो एउडा पनि पढ त च्याट्टसँगले ।

यस पन्नाको समाचारको शीर्षक रहेछ ‘सर्खारका अस्सल कामको पसम्मा हुनैपर्छ’ र पेटबोली यस्तो थियो—
सो उक्त टपिकको कार्रेकरममा कम्रटे कान्छा साउको थानीए निजी अरिङ्गाल कोइ पनि अप्सेन थेनन् । घिम्रेनी आमई अदक्छेनी भकी सो–उक्त कार्रेकरममा कम्रेट कान्छा साउले भासन भन्दै अबदेखुन् जल्ले पनि सर्खारका असल काम नदेखेर धर पाउँनु त इस्स ! सर्खारका अस्सल कामको पसम्सा नगर्ने रिकट भका पत्रकार गर्नेहेरु मेरामा आ’र ‘बिग्यापन हजुर’ भन्दै दाँत देखाउन् त, तिन्का दाँत फुकाले त के ! तेस्तै घर–गाममा सर्खारको अस्सल कामको पसम्सा नगर्नेहेरु भकाँ रीन माङ्न आउन् त, तिनका करङ नमस्काए त म एउडा बाऊबड जन्मेको छोरै होइन— लुजा ! सर्खारको आलोचना–बासीचना केइ पनि गर्नेलाई भिडाइन्छ पो मेरा अरिङ्गालले लठैत भन्र थर्काएसि एक हुल राजावादी र काङरेसका जति छाँटिएर लुसु–लुसु कार्रेकरम छाडेर सुइँकुच्चा ठोके पनि कम्रेट–कमे्रट्नी जति छइँथे र तिनैलाई सम्भोधन गर्दै कार्रेकरम सम्पन्न भो । कार्रेकरमले उनै कम्रेट कान्छा साउनको अदच्छेतामा फेरि–पुनह साउनी कान्छी कम्रेटनी, उहाँहर्को जेठो छोरो, सो–उक्त छोरोको जेठान र मामा ससुरो, भद्रपुरमा नेपाली नागृक भई बेहार इण्डेको ठाकुरगञ्जामा घरबास गरी बोडरका सर्खारी साङ्गोपाङ्गोसँग एक लम्बर सेटिङ मिला’र ढुक्कसँग बोडर–धन्धा चलाइराख्या फोके बिलेकिआ र उस्की जोई समेतको टोट्टलिङ सातजानाको उच्चाइस्तरिए नेपका कमेटी गठ्ठन भको न्यूच हाम्रा सम्भातदाताले देका छन् ।

मैले, फेरि अर्को एक रील हाँसेपछि, सो पन्ना उनको हातमा थमाउँदै भनें— “पत्याएँ दाइ, पत्याएँ मैले । दाइको जस्तो न्यूज त उइले राजा महेन्द्र–ज्ञानेन्द्रहरुले पनि लेखेका थिएनन् होला र अहिले प्रचण्ड–शेरबहादुरहरु पनि लेख्न सक्तैनन् होला नि ? कस्ता च्वाँक न्यूजहरु लेख्नु भएछ दाइले अहाँ ! म त गद्गद् भएँ ।”

उनले फुरुक्क भएर भने— “ती क्या त, तपइँले किल्लेर बुजेसि पस्टसँगले मुल्लेङ्कन गरिहाल्यौ नि अ‍ैले । म सिन्यार एसपोट च्याम्पेन पत्रकार गर्ने हुँ भन्ने अब त बिर्सिंदौन होला नि ? उइले इण्डेको नयाँ डिल्लीमा पेर्सिडेन राजेन्र पर्सादको निम्तो खान एताका सात्जाना भख्खर पत्रकार गर्न थाल्या ठेउलाको नेतित्तो गरेर गका ट्याममा ज्वारीलाल नेरुका घराँ पनि छ्यास्स निस्किरथेँ । उनले एक पेला फिक्का च्या त खाएर गए हुन्थ्यो । भन्दैथे । मेरो पेस्टिच फिक्का च्या खाने हो र भन्ने मेरा मुनका देउताले भनो र मैले फ्यास्स भन्याथेँ— ‘डिल्ली आका ट्याममा कसरी बाटो काट्नु भन्र छ्यास्स मुख देखाइराखुँ भन्र पो आको त । तपइँ नेरु कि भारु हँ ? हन फिक्का च्या खान नपा’र आको हुँ र म ? तपइँकाँ फिक्का च्या खाको कुरा इ मेरा पत्रकार गर्ने केटाहर्बड नेपालमा फैलोट भो भने मेरो पेस्टिचको पर्तिष्टा काँ जान्छ भन्ने छ्यानबीनै नगरी तो के भन्या तपइँले ?’…भन्र बेस्मारी तर्छाइरथेँ र उन्लाई निल्लै पारेर एस्कुच–मी माग्ने बनाइरथेँ । म त सारै खरो पत्रकार गर्नेमा उतिखेरदेखुन् नै ड्यान्जर नामी पो हुँ त । तपइँले अजै रामरी चिनेकै छौन क्या पाँडे भाइ ।”
म अकमक्क भएर हेर्याहेर्यै भएँ !…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here