अर्थमन्त्री ज्यु ! कर तिर्नकै लागि कहॉ जाउँ सरसापटी गर्न ?

0
1177

डिल्ली हुमागाँई,

माननीय अर्थमन्त्री
युवराज खतिवडा ज्यु !

बिगत ७५ दिन देखि नै नेपाल पुर्ण रुपमा लकडाउनको अवस्थामा रहेको तपाईं मात्र होइन सम्पुर्ण नेपाल सरकार अनभिज्ञ नहुनु पर्ने हो । कोरोना भाइरस (कोभिड- १९) को महामारीको कारण आज नेपाल मात्र हैन विश्न नै आक्रान्त बनेको छ । यसको निकासको लागि संसारका बादशाह मानिने मुलुकहरु समेत लागि नपरेको पनि होइन तर पनि अहिले सम्म कुनै ठोस निकास दिन सक्षम भैसकेका छैनन ।

नेपाल जस्तो गरिबीको रेखामुनि रहेको र बिकासोन्मुख देशको लागि त यो झन कति ठुलो चुनौतीको विषय होला तपाई आफै अनुमान गर्न सक्नु हुनेछ । यसकै कारण हाम्रो देश नेपाल पनि प्रभावित भएको छ । लगभग अढाई महिनाभन्दा बढी लकडाउन भई सक्दा समेत यसको रोकथाम र भबिष्यमा आउन सक्ने जोखिमको लागि हुनु पर्ने जति तयारी नहुनु भनेको दुखद मात्र नभएर घातक पनि हो भन्ने धेरैको विश्लेषण रहेको छ ।

एकातिर भाइरसको बिकराल समस्या छ भने अर्को तिर भोकमरीको समस्या धेरै परिवारलाई गार्हो बनी सकेको अबस्था छ । आज मानिसहरु कोरोना भाईरसको भन्दा आफ्ना बालबच्चा र परिवारको भोक कसरी मेटाउने अनि दैनिकी कसरी चलाउने समस्याले चिन्तित बन्न थालिसकेका छन् । नेपाल जस्तो निम्न वर्गीय परिवारको बाहुल्यता रहेको देशले न त जनताको समस्यालाई सामाधान गर्न सक्ने स्थिति छ नत बिगत अढाई महिनाबाट चल्दै आएको लकडाउन नै घटाउन सक्ने अवस्थामा छ ।
नेपालमा दिन दुईगुना र रात चार गुनामा कोराना भाइरसको संक्रमण बढी रहेको छ । प्रथम त खुल्ला सिमानाको असर अनि छिमेकी मुलुकमा कामको सिलसिला गएकाहरु अबैधानिक रुपमा हुने फिर्तीको कारण नेपालमा कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ । सरकारले पनि यो बारे सोच्न जरुरत छैन र अर्थमन्त्री ज्यु?

बिदेशमा रहेका ऊर्जाशील लगभग ५० लाख युवाको अवस्था जटील बनिरहेको छ । धेरैको रोजगारी गुमिसकेको छ भने अझै धेरैको रोजीरोटी गुम्ने निश्चित प्राय छ । अब ती युवा नेपाल फर्किदै गर्दा नेपालले दुरगामी र प्रभावकारी रोजगारीको नीति र योजना ल्याउन अत्यन्तै जरुरी भएको छ । आम युवाहरुको भबिष्यलाई केन्द्रमा राखेर नीति निर्माण नगर्ने हो भने देश आफै संकटको भुमरीमा फस्ने निश्चित छ । सम्पुर्ण जनताको अभिभावक भएको हैसियतले सरकारले अहिलेदेखि नै उनीहरुको जनजीविकाका बारेमा सोच्न नथाल्ने हो भने पछि धेरै बिलम्व हुनेमा कुनै शंका छैन तर देशको अर्थमन्त्रीलाई जनताको दैनिक आवश्यकता परिपुर्ति भन्दा कर असुली गर्नुको चटारो किन भईरहेको छ ?

सरकारलाई कर तिर्नु पर्छ भन्ने ज्ञान सबै नागरिकलाई छ तर यस्तो अबस्थामा सरकारले कर तिर्ने समयको लागि नेपाली जनता सङ्ग चोर पुलिसको खेल खेल्नु भनेको कि त मन्त्री ज्युको किताबी ज्ञान मात्र हुनु हो कि त नेपाली जनताको ढाड सेक्न खोज्नु हो भन्ने मन्त्री ज्युलाई ज्ञान त हुनुपर्ने हैन र ? हामी नेपाली जनता बहुत अन्योल मा परि रहेका छौ।
राजस्व विभागले जेठ २५ गतेसम्म कर बुझाउने अन्तिम मिती तोकेपछि तपाईले सरसापटी गरेर जसरी पनि कर बुझाउन आग्रह गर्नुभयो । त्यसको जनस्तरबाट धेरै बिरोध भयो । जनस्तरको बिरोधबाट तपाईलाई केही फरक पर्दैन भन्ने कुरा हामीले बुझिसकेका छौ तर व्यापारी र उद्योगीहरुले संगठित रुपमा नै बिरोध गर्न थालेसी बल्ल कर बुझाउने भाखा सार्नु भयो । तपाईको लागी आमजनताको भावना खासै अर्थ राख्दैन भन्ने कुरा यहीबाट बुझ्न गार्हो पर्दैन ।

माननीय ज्यु काठमाडौ मात्र नेपाल होइन सुदुर पुर्बबाट सुदुर पश्चिमसम्म नेपाल कै भूभाग हो भन्ने बिर्सिनु भएको त छैन नि ? यो अवस्थामा कर उठाउने ढोङ्ग रचेर जनतालाई त्रास फैलाउनुको कुनै औचित्य होला ? झापाको गौरादहमा जन्मनु भएको भए पनि नेपालको गाउँ ठाउँ र त्यहॉका कठिनाई र अप्ठ्याराहरु यति चाडै बिर्सिनु भयो होला भन्ने त लाग्दैन । जनतालाई महिनौदेखि घरभित्र थुनेर यो लकडाउनको समयमा जनताले कुन चाही आयश्रोतबाट कर चुक्ता गर्लान कहिल्यै सोच्नु भयो ? एकातिर कोरोनाको डर अर्को तिर भोकमरिको डर अब हुदाहुदा कर चुक्ता गर्नु पर्ने राज्य आतंक अनि नेपाल सरकार भनेको जनतालाई त्रासको खेती गर्ने हो कि जनता अभिभावकत्व निभाउने हो मन्त्री ज्यु?

यतिबेला देशको पुरा अर्थतन्त्र डामाडोल छ । लामो समयसम्मको लकडाउनले देशलाई कहाँ पुर्‍याएको छ भन्ने हेक्कासम्म नराखी आम नागरिकलाई त्रसित बनाउने हिसावले ब्यावहार गर्नुले तपाईले मानवताको शिक्षा फेरी सुरुबाटै सिक्नु पर्ने आवश्यकता भएको त हैन ? कि त जनताको मतबाट नभई कसैको आशिर्बाद मन्त्री पद सुम्पिनु नै गल्ती थियो होला ? ब्यापार ब्यवसाय ठप्प छ, यातायात बन्द छ, रेमिट्यान्स आएको छैन, आम्दानी हुने बाटो छैन राज्यले बिशेष सहुलियतको व्यवस्थामा गर्नुको साटो उल्टै सरसापटी गरेर ऋण खोजेर कर तिर भन्नु हुन्छ । म कोसंग सरसापटी गर्न जाऔ ? कहॉ ऋण खोज्नु जाउँ मन्त्री ज्यु ? तपाई नै देखाईदिनुस न !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here