२०७७ असार १३ गते शनिबारको राशिफल

0
479

मेष– सरसापटमा पनि खर्चनुपर्ला । आम्दानीका स्रोत सबल देखिए पनि श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ ।

वृष– परिस्थितिले निष्क्रिय बनाउनेछ । आफ्नो मेहनतबाट अरूले फाइदा लिने चेष्टा गर्नेछन सजग रहनुहोला ।

मिथुन– तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ ।

कर्कट– आफूलाई लाभ नभए पनि सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ । अरुको भर नपर्दा राम्रो होला ।

सिंह– अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काम दोहोर्याउन सकिनेछ ।

कन्या– मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ ।

तुला– साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

वृश्चिक– सामाजिक दायित्व बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सफल भइनेछ ।

धनु– न्यून उपलब्धिमा चित्त बुझाउन नसकिएला । प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ ।

मकर– स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ । अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । सजक रहदा राम्रो होला ।

कुम्भ– लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ ।

मीन– आजको दिन तपाईकोलागि उपयोगी भएर आएको छ । दैनिक कार्य व्यवसायमा भनेजस्तो लाभ मिल्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here