२०७७ असार १४ गते आइतबारको राशिफल

0
441

मेष– मनोरञ्जनपूर्ण दिन छ , प्रेमी–प्रेमिका वा पति–पत्नीका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ ।

वृष– पारिवारिक जीवनमा रमाइलोपना आउने छ । पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ ।

मिथुन– सिद्धिको समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ ।

कर्कट– प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

सिंह– प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नयाँ कार्यमा सतर्क हुनुपर्ने हुन्छ ।

कन्या– यस अवधिमा पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । चोटपटकको भय हुनेछ ।

तुला– झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ ।

वृश्चिक– मिश्रित प्रभाव भएको साता हुनेछ । सामान्यतया रसरङ्गमा समय बित्नेछ । मनोरञ्जनमा रमाउन पाउनु हुनेछ ।

धनु– आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ ।

मकर– घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला ।

कुम्भ– चोटपटकको भय छ, अथवा हड्डीसम्बद्ध कुनै समस्या बल्झिने खतरा हुन्छ । यस अवधिमा आफन्त वा मित्रले काममा धोका दिने सम्भावना पनि देखिन्छ ।

मीन– बन्दव्यापार र साझेदारीबाट फाइदा हुनेछैन । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । अध्ययन, अध्यापन खासै तत्परता देखिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here