आज असोज ३ अर्थात् संविधान दिवस, संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरिदैं

0
811

काठमाण्डाै,

आज संविधान दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको छ । संविधान जारीपछि राजनीतिक रूपमा पूरा गर्नुपर्ने दायित्वहरू क्रमशः कार्यान्वयनमा छन् । संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण र नागरिक तहसम्म पहुँच भने अझै पुग्न सकेको छैन ।

संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको छ । तर पालिका तहबाट अझै पनि प्रभावकारी सेवा सुविधा प्राप्त हुन नसकेको नागरिकको गुनासो कायमै छ । त्यस्तै मधेस केन्द्रीत दलले संविधान संशोधनको माग उठाउँदै आएका छन् ।

इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here