बुढी सुखानीका दुई असाहयलाई प्रवासी कतार समाजको सहयोग

0
976

बुढी सुखानी ।

ओझेलमा परेको ठाउँ अर्जुनधारा–३ मा पर्ने बुढी सुखानीका दुई असाहयहरुलाई सोही स्थानमा घर भई विदेशमा रोजगार गरिरहेका एक समाजले विहीबार सहयोग प्रदान गरेको छ ।

बुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारले सोही स्थानका तिलबहादुर मगर र हरिमाया आङ्बोलाई नगरका प्रमुख हरिकुमार रानाको बाहुलीबाट जनही रु. १० हजार ७५० प्रदान गरेका थिए ।

सोही दिन नै यलम्वर टाइम्सका सम्पादक दिपीन राईले दुई जनालाई नै एक–एक हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले विदेशमा रहेका मनका धनी युवाहरु स्वदेशमा असाहय जीवन बिताइरहेकालाई आफ्नो गाँस काटेर सहयोग गरेकोमा धन्यवाद प्रदान गरेका थिए ।

दुवै विरामी प्यारालाइसिस भएको हुँदा खानपानलाई ध्यान दिँदै दीर्घ जीवनको लागि अगाडि बढ्न अनुरोध गरे ।
बुढी सुखानी स्थित रेम्बो चोकमा आयोजित भेलामा दुई असाहय लगायत अन्यलाई नगरले खुदुनाबारीमै आयुर्वेद पद्धतीबाट थेरापीको व्यवस्था गर्न लागेको छ । उक्त आयुर्वेद सञ्चालनमा आएपछि निःशुल्क औषधीसहितको सेवा दिने भएको हुँदा प्यारालाइसिस हुनेहरु जो कोही त्यस ठाउँमा जान सन्देश प्रवाह गरे ।

कमल रायले सञ्चालन गरेको उक्त कार्यक्रमलाई विशिष्ट अतिथि दिपीन राई, बोर्ड सदस्य खिनमान दास, माइ नगरपालिका वडा नं. ४ का सदस्य महेन्द्र बुढाथोकी, भिमप्रसाद बास्कोटा, वडा नं. ३ का अध्यक्ष जीवन भण्डारी, वडा सदस्य सीताराम भट्टराई, युवा परिषदका संयोजक होम दुलाल, शेरबहादुर लिम्बू, दिपक दुलाल, पदमबहादुर राई लगायतले प्रवासी समाजको प्रशंसा गरेका थिए ।

प्रवासी समाजका अध्यक्ष पूर्णकुमार योङहाङ (साम्योक सुब्बा)ले सोही कार्यक्रममा टेलिफोन मार्फत बुढी सुखानीको समस्याबारे नगर प्रमुख हरिकुमार रानालाई अवगत गराई दिन समेत अनुरोध गरेका थिए ।

समाजका कोषाध्यक्ष सन्तकुमार तामाङले सहजीकरण गरेको कार्यक्रममा यसअघि पनि बुढी सुखानीमै आइपरेको विपदमा उक्त समाजले सहयोग प्रदान गरेको समेत जानकारी गराए ।

खुदुनाबारीबाट अढाई किलोमिटरभित्र पर्ने बुढी सुखानी प्रवेश गर्नुअघि कृष्णभिर सम्झाउने पहिरो पार गर्नुपर्ने हुन्छ ।
उक्त पहिरोलाई व्यवस्थित गर्न स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यान केन्द्रीत हुनुपर्ने बोर्ड सदस्य खिनमान दासले प्रतिक्रिया दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here