२०७७ असोज १४ गते बुधबारको राशिफल

0
620

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ । काम रोकिनाले दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । दिगो कामको जग बसाउन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here