मोटरसाइकलसहित १९ किलो गाँजा बरामद

१३ आश्विन २०७७, मंगलवार मा प्रकाशित

लहान,

सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको सुखीपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको प्रहरी टोलीले सुखीपुर नगरपालिका–४ कविलासीबाट १९ किलो गाँजासहित मोटरसाइकल बरामद गरेको हो ।

गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि मोटरसाइकल र प्लाष्टिकको बोरा छाडेर भागेपछि शङ्का लागेर बोरा जाँच गर्दा गाँजा बरामद भएको सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरका प्रहरी निरीक्षक विदेशराज मगरले जानकारी दिनुभयो ।

तस्करले प्रयोग गरेको को२९प १४८७ नं को मोटरसाइकलसमेत बरामद भएको उहाँले बताउनुभयो । बरामद गाँजा र मोटरसाइकल आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइने उहाँको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here