२०७७ असोज १५ गते बिहीबारको राशिफल

0
757

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बेसुरको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । साझेदारीमा देखिने समस्याले वादविवाद र असमझदारी बढ्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अरूको फाइदाका लागि उपयोग भइएला । काम बिग्रने डरले सताइरहनेछ । साथीभाइले समयमा साथ नदिन सक्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । मिहिनेत गर्दा काम बिस्तारै सम्पादन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आत्मविश्वासको कमीले पछि परिनेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुःख पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । इष्र्या गर्नेहरूले पनि सताए पनि आजको श्रमले पछिलाई फाइदा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पहिलेका कमजोरी सुधार्दै अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here