राष्ट्रियता र राष्ट्रिय एकता आजको आवश्यकता

0
3130

वेणुप्रसाद अधिकारी 

लेखसार:-

वर्तमान समयमा तातो बहस,चर्चित र जल्दोबल्दो विषयको रुपमा आएको शब्द हो राष्ट्रियता र राष्ट्रिय एकता|हरेक चेतनशिल बर्गले पटक-पटक प्रयोग गर्दै आएको शब्द  हो राष्ट्रियता र राष्ट्रिय एकता |यहि सन्दर्भलाई लिएर आजको २१ औ सताद्धिमा आएर  यस विषयले घनिभूत रुपमा चर्चा पाउने गरेको छ| राष्ट्रको दिगो विकास र संवृद्धिका लागि राष्ट्रिय भावले ओतप्रोत भई अघि बढेमा देशमा दिगो शान्ति र स्थायित्व प्राप्त गर्न सकिन्छ | कुनै कसुर बाँकि रहदैन|राष्ट्रको स्वाभिमान,स्वतन्त्रता र निष्पक्षतामा कसैले पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्तैन|राष्ट्रियता र राष्ट्रिय एकताको भावले राष्ट्रको अखण्डता,सार्वभौमिकता,राष्ट्रिय एकता र राष्ट्रियतामा कुनै खलल हुन दिदैन | दिगो विकास र संवृद्धितिर राष्ट्रलाई डोर्याउने काम गर्छ| यिनै विषयको सेरोफेरोमा रहेरयस आलेखमा टिप्पणीकारले राष्ट्रियता र राष्ट्रिय एकताको  संछिप्त रुपमा चर्चा गर्ने प्रयास गरेको छ|साथै यीसँग सबन्धित अन्तर निहित विषय बस्तुहरुको संबन्धमा समेत चर्चा परिचर्चा गरिएको छ |

शब्दकुंजी :-

राष्ट्रियता,राष्ट्रिय एकता,राष्ट्र,राज्य,संवृद्धि,विकास र दिगो शान्ति |

विषय प्रवेश :-

राष्ट्रियता र राष्ट्रिय एकतामा प्रवेश गर्नु अगावै यी विषयसँग तात्विक सम्बन्ध राख्ने केहि मुलभूत तत्वहरु समावेश गरिएको हुदाँ सर्वप्रथम यी तत्वहरुको संछिप्त परिचय गर्दै मुख्य विषय वस्तुलाई उजागर गर्ने जमर्को गरिएको छ | यहाँ मुख्य विषयको अलवा राष्ट्रियता र राष्ट्रिय एकतासँग परोक्ष अपोरक्ष सम्बन्ध राख्ने केहिँ विषयबस्तुको चर्चा गर्न न्यायोचित भएकोले तिनको क्रमश: संछिप्तमा बर्णन गरिए छ |

राज्य –राष्ट्र :-

यस भन्दा अगाडि राज्य-राष्ट्रलाई पर्यायवाची शव्दका रुपमा प्रयोग गरिदै आएको थियो|सन १९२८ जुन २८ मा प्रथम विश्व युद्धको अन्त्य गर्ने भर्सेलिज सन्धि सम्पन्न भएको थियो|उक्त सन्धिमा- “प्रत्येक राष्ट्रलाई राज्य गठन गर्ने अधिकार हुनेछ”   भन्ने वाक्यांश उल्लेख भए सगै राज्य र राष्ट्र फरक-फरक विषय हुन् भन्ने अवधारणाको विकास भएको थियो|तदानुसार यिनलाई संछेपमा तल वर्णन गरिएको छ |

राज्य भन्नाले शासकीय प्रणालीको आधारभूमि भन्ने बुझिन्छ|वास्तवमै राज्य भनेको संविधान,भूगोल,सरकार,जनता र अन्तराष्ट्रिय पहिचान सहितको समग्र भौतिक स्वरुप हो |राज्य शासन संचालनको आधारभूमि पनि हो|

राष्ट्र भनेको राज्यको गुणात्म पक्ष जनाउने विषय  हो | राष्ट्र राज्यमा सम्मान तथा पहिचान स्थापित गर्ने महत्वपूण आयाम हो |साझा धर्म,भाषा,संस्कृति,मर्यादा,इतिहास र उत्पति भएका नागरिकहरुको समष्टिगत रुप रास्ट्र हो|राज्यप्रति वलिदानीपूर्ण भावना राज्यको इतिहास,बहुलता,पहिचानप्रति गौरव भाव तथा सम्मान भएका नागरिकहरुको समष्टिगत स्वरुप राष्ट्र हो|यस अर्थमा पनि यी दुई विषय एक आपसमा पृथक वस्तु हुन् र यिनलाई पृथक रुपमा हेरिन्छ| यहि पपृथकताको बारे तल प्रष्ट पारिएको छ |

रास्ट्र:-

राज धातुबाट सर्व धातुश्य:ष्ट्रन शूत्रले ष्ट्रन गरेर राष्ट्र शव्द बन्दछ|वैद्धिक वाङमयमा देश,जनपद,भूमि आदि शव्दलाई राष्ट्रको पर्यायवाची शव्दका रुपमा प्रयोग गरिएको पाइन्छ|यसरी शाव्द्धिक दृष्टिले सुसंस्कृत र सुषाशित देश नै राष्ट्रको रुपमा परिभाषित भएको हुन्छ|सामान्यतया:राष्ट्र भन्नाले जनसमुदाय सहितको थलो वा देशलाई बुझिन्छ|व्यक्तिको सामाजिक,साँस्कृतिक,धार्मिक,आर्थिक र राजनीतिक आदि विविध उन्नतिहरुको आधारशिला राष्ट्र हो|रास्ट्रको समुन्नतिमा व्यक्तिको उन्नति निहित हुन्छ|[२०७४/०५/११ प्रा.डा.प्रकाश ढकाल]

राष्ट्रको अर्को परिभाषा अनुसार- अंग्रेजी शव्द Nation को व्युत्पति ल्याटिन भाषाको Nation बाट भएको हो|यसको अर्थ जन्मको आधारमा वा कुन जराबाट पलाएको हो भन्ने हुन्छ|विभिन्न शव्दकोषको अनुसार कुनै समुदायले भूमिसंगको पुर्ख्योली सम्बन्ध ,भाषा,इतिहास,सस्कृति ,जीवन दर्शन   आदिका आधारमा अन्य समूह भन्दा आफ्नो समूहलाई फरक मान्छन् भने त्यो समुदाय एउटा राष्ट्र हो |[युटुवबाट २०७६/०९/२७ प्रशासन]

नेपालको संविधानको धारा -३ अनुसार नेपालको राष्ट्रिय स्वतन्त्रता ,भौगोलिक अखण्डता,राष्ट्रियहित तथा सम्वृद्धिप्रति आस्थावान रही एकताको शूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो |[नेपालको संविधान -२०७२ ]

आधुनिक तात्पर्यमाचाहिँ राष्ट्र  भन्नाले निश्चित भूगोलमा बसोवास गर्ने त्यस्तो जनसमुदायलाई बुझिन्छ, जसको आफ्नै एउटा पहिचाहन हुन्छ |राष्ट्र बन्नका लागि त्यहाँ बस्ने जनताको भाषा,धर्म,इतिहास,संस्कृति ,नैतिक आधार वा मूल उदगममध्ये केहि कुरा मिल्नु पर्छ|यहि साझा मिलन विन्दुले उनीहरुलाई आपसमा जोडेर राख्दछ र उनीहरु राष्ट्रका नागरिक हुन्छन्| यसरी राष्ट्रलाई बुझिनेगरि एउटा यस्तो जनसमुदायको रुपमा परिभाषित गर्न सकिन्छ| जो निश्चित भौगोलिक सिमाभित्रको एउटै देशमा बस्छ | समान परम्परा,समान  हित र समान भावनाले बाधिएको हुन्छ र उसमा एकताबद्ध हुने उत्सुकता एवम् समान राजनीतिक महत्वाकांक्षा भएको हुन्छ |यसले गर्दा उसलाई राष्ट्रको अगाध माया हुन्छ | यहाँ विभिन्न विद्वानहरुले दिएका राष्ट्रका परिभाषा उल्लेख गरिएको छ| स्टालिनका अनुसार –“कुनै राष्ट्र एउटा स्थिर समुदाय हो ,जसको एक ऐतिहासिक रुपमा विकसित भाषा,सिमा,आर्थिक जीवन र मनोवैज्ञानिक रचना उसको संस्कृतिमा देखापर्छ |”

वर्गेस फेडीयरका अनुसार-“जाति,समुदाय,भाषा,आदत,प्रथा,तथा धर्मको एकता जस्ता तत्वद्वारा राष्ट्र निर्माण हुन्छ |”उनैको अर्को परिभाषा अनुसार-“एकै नश्ल संबन्धी एकबद्ध यस्ता जनता हुन जुन भौगोलिक एकताको कुनै भू-भागमा वसोवास गर्दछन|

राज्य[STATE]:-

राज्य वा देश शव्दको व्युत्पति राष्ट्रको जति पुरानो छैन र होइन पनि |राज्यको अर्थ र सान्दर्भिकता एउटा निश्चित चौधरोभित्र प्रशासनिक,राजनैतिक व्यवस्थापन,सैन्य सामारिक सुरक्षा,नागरिकको वालिकमताधिकार आदिको व्याख्यासँग जोडिएको हुन्छ|”

राज्य भनेको सिमना र मानिसहरुको एक अंश भएको एउटा राजनीतिक संगठन हो|नेपालको संविधानको धारा-४ अनुसार-“नेपाल स्वतन्त्र,अभिभाज्य,सार्वभौमसत्ता  सम्पन्न धर्म निरपेक्ष समावेशी लोकतन्त्रात्मक गणतन्त्रात्मक राज्य हो|”-[नेपालको संविधान -२०७२ ]

राज्य भन्नाले शासकीय प्रणालीको आधार भूमि भन्ने बुझिन्छ |वास्तवमै राज्य भनेको संविधान ,भूगोल,सरकार,जनता र अन्तर्राष्ट्रिय पहिचान सहितको समग्र भौतिक स्वरुप हो |राज्य संचालनको आधार भूमि पनि हो |

राष्ट्रियताको आरम्भ :-

महामानव विशेश्वरप्रसाद कोइरालाको भनाई अनुसार  वि.सं.२०१७ सालमा राजा र जनाताबीच एउटा ठूलो पर्खाल खडा गराइयो |त्यो पर्खाललाई तोडेर राजालाई जनताका समक्ष ल्याउने प्रयास नै मेलमिलापको प्रयास  या यत्न हो |यसै मेलमिलापमा दुई वटा अडान रहेकाछन|त्यी हुन राष्ट्रीयता र प्रजातन्त्र |उनले राष्ट्रियता सम्बन्धि  दिएको परिभाषा अनुसार-“ राष्ट्र भनेको भूगोल हैन जनता हो ,राष्ट्रियता माटो होइन ,जनताको सामूहिक विचार हो “[ –विशेश्वरप्रसाद कोइराला]यहि सिद्धान्तका प्रतिपादक विशेश्वरप्रसाद कोइरालाले देश आज राष्ट्रिय संकटमा छ |यता केहि बर्षदेखि संकट चर्किदै गएको कुरा सबैले महसुस गरेको हो |यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएकोछ |यस तत्वलाई अरुले पनि स्वीकार गरेकाछन् भनेका थिए|यसले उनीभित्रको राष्ट्रियतालाई उजागर गरेको छ |

नेपालकोराष्ट्रवाद र राष्ट्रियताका वारेमा स्पष्ट हुनका लागि यसका सैद्धान्तिक, ऐतिहासिक र व्यावहारिक पक्षका अन्तर निहित विषयबस्तुमा  समेत जानकारी गराउने प्रयास गरिएको छ| राष्ट्रियता युद्धको परिणाम हो र यसको विकास औधोगिक क्रान्तिबाट युरोपमा भएको हो |१७ औ शताद्धिमा युरोपमा चलेको ३० बर्षे युद्धपछि भएको जर्मनको वेष्ट फेलिया सन्धि १६४८ लाई नै राष्ट्रियताको आधुनिक विकासको आधार मानिन्छ|यसैबाट नै यसअघिको राज्यलाई राजाको सम्पति वा शासकको सम्पति वा देवताको कृपा मान्ने अवधारणा समाप्त भएपछी राष्ट्रको निर्माण भएको हो |

३० बर्षे युद्धका कारण मुलुकमा रहेका जनतामा आत्मियता ,एकत्व र आफ्नो मुलुकको स्वाधिनताका लागि मर्न मेट्न तयार हुने भावनाको विकास हुन पुग्यो र सम्पूर्ण जनतामा भावनात्मक एकता नै यो राष्ट्रियताको आधार बन्न पुगेको थियो |नेपालमा पनि यसको विकास खासगरी अंग्रेजसँगको युद्धबाट भएको हुँदा यसलाई पनि युद्धको युद्धकै उत्पादनको  रुपमा लिनु पर्छ |चीनसंगको १९७२ को युद्धमा सजिलै चीनलाई पित मान्न स्वीकार गर्ने र प्रत्येक व्यक्त्ति समेत राज्यको सुरक्षाका  लागि एकत्रित हुनुले नेपालमा राष्ट्रवाद मुखारित हुन गएको थियो |संभवत उनीहरु  आफ्नो संस्कृति ,धार्मिक र परम्परामाथि फिरंगीहरुको सम्भावित प्रभुत्वको खतराले गर्दा भावनात्मक रुपमा एक भई मुलुकलाई स्वाधिन राख्नका लागि जुन वलिदान गरेका थिए यो नै नेपालको राष्ट्रवादको आधार हो |

राष्ट्रियताको परिभाषा :-

कुनै व्यत्ति वा कसैको संप्रभु राज्य र अवसर विशेष देशबीचको सम्बन्ध कानुनि हुनु राष्ट्रीयता हो |राष्ट्रियताले राज्यका व्यक्ति-व्यक्ति उपर केहि दिनु र त्यसको बदलामा व्यक्तिलाई उसको सुरक्षा र अवसर लिनका लागि अधिकार प्रत्यायोजन गर्नु पनि हो|सबै व्यक्तिमा राष्ट्रियताले परम्परागत अथवा अन्तर्राष्ट्रिय सम्झौता गर्न जुन अधिकार दिन्छ त्यो अधिकार व्यक्तिले राष्ट्रियतामा राख्छ या राख्दैन भन्ने संभाव्यता राष्ट्रियता निर्धारण गर्ने तत्वहरुले निर्योकल गरेको हुँन्छ | राष्ट्रले आफ्नो शासन आफै गर्नु पर्छ भन्ने राजनीतिक सिद्धान्त र आन्दोलन राष्ट्रियता हो |यसको प्रभावकारिता लागि राष्ट्रियता दह्रो हुनु पर्छ |एउटा साझा समुन्वय र त्यहाँ भएका जो कोहि व्यक्तिलाई समान सदस्यको रुपमा स्वीकार गर्नु राष्ट्रियता हो|अत:राष्ट्र प्रेमको भावना नै राष्ट्रियता हो|

राष्ट्रियताको विषयमा विभिन्न विद्वानहरुले दिएका परिभाषा फरक-फरक छन् |जुन परिभाषा यहाँ प्रस्तुत गरिएको छ| ब्रवेकरका अनुसार –“राष्ट्रियता शव्दको प्रशिद्धि पुनरजागरण तथा विशेष रुपले फ्रान्सको क्रान्तिपछि भएको हो |राष्ट्रियताले सामान्य रुपमा देश प्रेमको अपेक्षा देश भक्ति  भन्दा अधिक क्षेत्रको संकेत गर्दछ |राष्ट्रियताले स्थानको अतिरिक्त धेरै क्षेत्रको संकेत भएको हुन्छ |राष्ट्रियताले स्थानको अतिरिक्त प्रजाति ,भाषा तथा संस्कृति एवम परम्पराको पनि सम्बन्ध राखेको हुन्छ |   मक्स एच विहामका अनुसार-“राष्ट्रियता भनेको राजनीतिक उद्धेश्य भन्दा विस्तृत र व्यापक समष्टिको निर्माण गर्ने समूह भनेका छन|”व्लेस्किका अनुसार-“राष्ट्रीयता एक परम्परागत मानव समाज हो,जसमा एक व्यवसायका मानिस सम्लित भएका हुन्छन,जसको विचार,भावना उस्तै-उस्तै हुन्छ ,जसको एउटा वंश,भाषा,रितिरिवाज,सभ्यता समान हुन्छ ,जसले उसलाई एकताको भावनामा परिचित गराउदछ र अन्य विदेशी भन्दा भिन्न हुन्छ|[जोशी रेग्मी,२०५८ पृ.२७५]

राष्ट्रियता भनेको एक विश्वास वा भावना हो |जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसंग आफुलाई गासेर हेर्छ ,आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको लगाव प्रकट गर्छ |राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ |

कुनै राष्ट्रको नागरिकको राष्ट्रियता नाप्ने कडी त्यस देशको नागरिकता मात्र नभएर उसभित्रको आस्था र विश्वास पनि हो |जोसंग नागरिकता छ उसंग राष्ट्रियता नहुन पनि सक्छ |किन कि राष्ट्रियता देशप्रतिको आस्था र विश्वास जगाउने भएकाले नागरिकतासंग सम्बन्धराख्दैन ,यो त भावानासंग सम्बन्धित हुन्छ |अत:राष्ट्रियताको महत्व अन्तर्राष्ट्रिय स्तरसंग गासिएको हुन्छ | भूगोल,अर्थव्यवस्था,संस्कृति ,जनता,सरकार र सार्वभौमसत्ता सम्पन्न देशको रुपमा अस्तित्वमा रहेको राष्ट्रियताको आस्था र राष्ट्रप्रतिको समर्पित भावना नै साँचो  अर्थमा राष्ट्रियता हो |राष्ट्रियताको सार भनेको राष्ट्रप्रति आभार भक्ति ,आज्ञा पालन,कर्तव्य परायण तथा सेवाको भाव हो भन्ने अर्थ बोध गर्छ |

तत्वका आधारमा राष्ट्रियताको परिभाषा यसरी गरिएको छ |राष्ट्रियताको यस्तो एकानुभूतिको बोध गराउदछ,जुन भौगोलिक,ऐतिहासिक,जाति सम्पर्क वा धर्म सम्बन्धी अन्य यस्ता खालका बन्धनको माध्यमद्वारा मनुस्य समुदायमा सहभागीको कारणले उत्पन्न हुन्छ भन्ने परिभाषा गरेको पाइन्छ |

लिम्बुवान राष्ट्रवाद:-

उवाहाङ् शासनकालदेखि विकशित भएको र त्यस क्षेत्रमा वसोवास गर्ने सम्पूर्ण प्रजाति,संस्कृति,धर्म,भाषा र पेसागत समुदायको समूहलाई लिम्बुवान राष्ट्रियतामा लिईनु प्रर्दछ |खालि लिम्बु जातिको नश्लीय समुदायलाई मात्र राष्ट्र मानिदैन |लामो समयसम्मको निरन्तर समुदाय भए पनि संम्राज्य अन्तर्गत शासित समुदाय राष्ट्र हुदैन |उदाहरणार्थ अंग्रेजले सयौ बर्ष भारतमा उपनिवेशमा शासन गरे पनि यो अंग्रेजी राष्ट्रवाद होइन |यो भारतका प्राचीन जाति समुदायको रुपमा वहु-राष्ट्रियतायुक्त भारतलाई लिनु पर्छ |

राष्ट्रवाद:-

मातृभूमि तथा निश्चित भौगोलिक एकाईलाई केन्द्रित गरि बनेको भावनात्मक स्थिति नै राष्ट्रवाद हो |यो राष्ट्रप्रतिको मानसिक भाव धरातलमा आधारित हुन्छ|कतिले राष्ट्रवादलाई अन्तर्राष्ट्रवादको विपरित समेत मान्ने गरेको पाइन्छ|राष्ट्र-राष्ट्रहरु बीचको सामूहिकता नै अन्तर्राष्ट्र हो |यो  सह-अस्तित्व र सह-कार्यमा आधारित रहेको हुन्छ |बढ्दो आत्मनिर्भरता  र सह-अस्तित्वको कारणले राष्ट्रवाद र अंतर्राष्टवाद बीचमा समेत भावनात्मक एकता र सह-कार्य हुनेहुँदा यी दुई बीचमा अस्तित्वको आवश्यकता छ |

नेपाली शव्दकोषका अनुसार आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरी मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियताप्रतिको विशेष भक्ति भावना राष्ट्रवाद हो |  दर्शनशास्त्रकाअनुसार–“वुर्जुवा विचारधारा तथा राजनीतिको एउटा सिद्धान्त जुन राष्ट्रिय पृथक राष्ट्रहरुको स्वतन्त्रता र राष्ट्रहरुबीच अविश्वास तथा शत्रुताको भावना व्यक्त हुने गर्दछ भनिएको छ |”

विश्व पूजीवादको स्थितिमा राष्ट्रवादको २ वटा रुपहरु छन्|पहिलो प्रभुत्वशाली, जुन महाशक्तिवादी अन्ध राष्ट्रवाद हो |यसको अरु राष्ट्रमाथि घृणा रहेको हुन्छ |

दोस्रो स्थानीय राष्ट्रवाद,जसलाई उत्पीडित राष्ट्रको राष्ट्रवाद भनिन्छ |यसले आफूलाई अलग राख्ने चाहना राख्दछ |यसले अर्को राष्ट्रमाथि विश्वाश राख्दैन|यसबाट अन्धराष्ट्रवादजन्मनपुग्दछरयसलेशोषण ,दमनरअन्यराष्ट्रकोअस्तित्वमाथिथिचोमिचोगर्दछ |राष्ट्रवाद३प्रकारकाहुन्छन |तिहुन–आक्रामक राष्ट्रवाद ,सन्तुष्ट राष्ट्रवाद र दव्बूराष्ट्रवाद |

देशभक्ति:-

राष्ट्रवाद र देशभक्तिमा विषयगत अन्तर छ|देशभक्ति भनेको देशप्रति निष्ठा हो|देश भनेको एउटै शासन प्रणाली अन्तर्गत रहेको कुनै एउटा निश्चित भूमि वा भू-भाग हो|यसलाई राज्य भनिन्छ| देशभक्ति भनेको देशको सुरक्षा तथा देश विकासका लागि गरिने कार्य हो|देश भनेको निश्चित भौगोलिक इलकामा भएको सार्वभौम सम्पन्न राजनीतिका एकाइ अन्तर्गत रहेको क्षेत्र हो |तर राष्ट्र भनेको एउटै मुलुकभित्र पनि विभिन्न राष्ट्रहरु हुन सक्छन् |यो राष्ट्रिय समूहको सदस्यहरुको हैसियतले यो समुदायको साँस्कृतिक,आर्थिक,वैचारिक वा पहिचाहन र गौरवका लागि गरिने आस्था र भक्ति राष्ट्र भक्ति हो|यो देशभक्ति भन्दा फरक हुन्छ|

राष्ट्रियताका पक्षहरु:-

राष्ट्रियतालाई परिभाषित गर्ने सवालमा यसका पक्षका आधारमा पनि परिभाषित गरिएको छ|ति पक्षहरुको निम्नानुसार बर्णन गरिएको छ|

क.कानुनि पक्ष:-

राष्ट्रियताको पहिलो पक्ष भनेको भावनात्मक पक्ष हो|भावनात्मक पक्ष कुनै नागरिक र राज्यबीचको कानुनी सम्बन्ध हो|राष्ट्रियतालाई कानुनी पक्षको आधारमा नागरिकको पर्यायवाची शव्दको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ|

ख.भावनात्मक पक्ष:-

राष्ट्रियताको भावनात्मक पक्ष भनेको व्यक्ति वा नागरिकविचको नैतिक वा मनोवैज्ञानिक विकास हुने गुण एवम् विशेषतामा आधारित राष्ट्रप्रतिको सम्मान,राष्ट्रिय एकता र गौरव भाव नै राष्ट्रियता हो|राष्ट्रियता व्यक्तिको जन्म प्राप्ति ,उत्पति,भक्ति भावमा आधारित भई राष्ट्रसंग भावनात्मक सम्बन्धबाट प्राप्त विशेषता हो|

कानुनी  रुपमा राष्ट्रियताको चर्चा:-

राष्ट्रियतालाई नेपालको राष्ट्रियहितको आधारभूत विषयमध्ये एक महत्वपूर्ण विषयको रुपमा आत्मसात गरेको पाइन्छ |यसबाट के प्रष्ट हुन्छ भने राष्ट्रियताले राष्ट्रहितको संरक्षण ,सम्वर्द्धन र प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दछ|

नेपालको पहिलो राष्ट्रियता सम्बन्धि कानुन वि.सं.२०२० [सन १९६३ ]-मा नेपाल नागरिकता ऐन २०२० ल्याईएको थियो|खासगरी १९९० को दशकमा विश्वव्यापी आर्थिक,आत्मनिर्भरता ,दिगोशान्ति,विश्वव्यापिकरण,विश्व व्यापार संगठन,विश्वव्यापी सह-कार्य,आर्थिक प्रतिस्प्रधाको सुरुवातसंगै विश्वव्यापी सह-कार्य र अन्तर सम्बन्ध बढ्दै गयो|यी विविध कारणले गर्दा राष्ट्रियतालाई वैदेशिक हस्तक्षेपबाट टाढा राख्नु पर्ने विश्वव्यापी धारणाको विकास भयो|नेपालको पनि सोहि अवधिमा नेपाल अधिराज्यको संविधान २०४७ बाट नै संवैधानिक रुपमा यसलाई स्थापित गर्दै आईएको छ|हाल आएर २०७४ साल माघ ७ गतेको समय सीमामा नेपालमा तिनै तहको निर्वाचन सम्पन्न भई संविधान र संघियताको कार्यन्वयन भएको छ|यी तिनै तहमा राष्ट्रियता भाव  ओतप्रोत भएको छ|

राष्ट्रिय एकता र एकिकरण :-

राष्ट्रिय एकताले राष्ट्र बलियो हुन्छ |राष्ट्रिय एकताको चर्चा गर्न पर्दा शाहकालीन राजा श्री ५ वडामहाराजधिराज पृथिवीनारायण शाहले नेपाल एकिकरणका दौरानमा प्राप्त संस्थागत उपलव्धीलाई स्मरण गर्दै एकिकरणमा पुर्याएको योगदानको समेत कदर र सम्मान गर्न उचित ठानेको छु|यहाँ तत् संबन्धीत विषय वस्तुलाई संक्षेपमा प्रस्ट्याउने प्रयास गरिएको छ |त्यसताकाको एकताको चर्चा गर्न पर्दा जुन बेला नेपालकको स-साना विभाजित टुक्क्रे राज्यमा विभिन्न राजा रजौटाहरुको शासन थियो |माता कौशाल्यावती र पिता नरभूपाल शाहको कोखबाट प्रथम पूत्ररत्नका रुपमा वि.सं.१७७९ पौष २७ गते पृथ्वीनारायणको जन्म भएको थियो|त्यस वेला उनि गोरखाका राजा थिए |यस्तो विषम परिस्थितिमा यी टुक्क्रे राज्यहरुलाई एकिकरण गर्नु त्यति सरल थिएन|जुन् उनको साहसी कदमबाट मात्र संभव भएको हो | नेपालमा एकता कायम गरि नेपाललाई एकिकरण गर्न उनले थालनी गरेको कदमको प्रत्येक राष्ट्रप्रेमी नेपालीको कण्ठबाट खुलेर प्रसंशा गरेको पाइन्छ |

उनको यस साहसी कदमका कारण विश्वमा समेत उनको  चर्चा परिचर्चा भएको छ | विभिन्न जात-जाति,भाषा-भाषी,धर्म-धर्मालम्बी,समुदाय र सम्प्रदायलाई एकताको शूत्रमा आबद्ध गरि उनले देखेको नेपाल एकिकरणको सपना साकार परेका थिए|नेपालको सिङ्गो राष्ट्रको  खाका कोर्न उनि सफल भएका थिए|

यिनै राजाद्वारा चालिएको यस कदमलाई नेपाल र नेपालीहरुको एकताको बलियो आधारशिला मानिन्छ |नेपालको इतिहासमा उनले  राष्ट्र निर्माणको लागि पुर्याएको योगदानलाई एकताको अदभुत उपमाको रुपमा लिईएको छ र एकताको यो  दह्रो प्रमाण पनि हो|यिनले आधुनिक नेपाल निर्माणमा देखेको सपनाको सकारोक्ति गरेकाले यिनलाई एशियाकै दूरदर्शी र नेपालको राष्ट्रिय एकताको प्रतीकको रुपमा हेरिन्छ|

गोर्खाली वीर नेपाली सेनामा भएको अदम्य साहस एवम् धैर्य धारण र आपसी एकताका कारण गोर्खाली नेपाली सेनादेखि विश्व नै आश्चर्य चकित भएको छ| नेपाली सेनाको अदम्य साहस र वीरताका कारण त्यसताका  ब्रिटिसले कब्जा जमाउदै आएका भारतका भू-भागमाथि विजय प्राप्त गर्नुका साथै नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा कांगडासम्म फैलाएका थिए|  मुख्य उपलब्धि प्राप्त गर्नु नै एकताको बल हो |

हाम्रो देश  दुई ढुंगाको बीचको तरुल भएर पनि हाम्रा अग्रज पूर्खाहरुले दुबै देशसंग सुमधुर सम्बन्ध कायम राखेका थिए | त्यसताका पनि हाम्रा बीर योद्धाहरुले भाला,खुडा,तरवार र खुकुरीको भरमा चीनिया र अंग्रेजहरुसंग यूद्द गरेका थिए | आफ्नो मातृभूमिको रक्षार्थ उनीहरुसंग डटेर सामना गरि भूमिमाथि कव्जा जमाउन शत्रुलाई दिएनन् | यो एकताले नै सम्भव भएको हो|वास्तवमा एक हुनुको भाव नै एकता हो|यहि एकताको कारणले गर्दा नेपाल एक सार्वभौमसत्ता सम्पन्न , स्वतन्त्र र अभिभाज्य राज्य हो| १८/१९ औ शताद्धिमा आएर अन्तर्राष्ट्रिय राजनीतिलाई नियाल्दा अहिलेका यी ठूला देशहरु पनि त्यसै बेला नै एकिकृत भएका हुन् भनी इतिहासमा भेटिन्छ |ठूला हुनुमा पनि एकताले नै बल पुगेको हो|त्यसैले भनिन्छ-“एकतामा बल हुन्छ|”यहि बलका कारण आजका ठुला राष्ट्रहरु पनि शक्तिशाली र एकिकृत भएका हुन्|

जहाँ व्यक्तिको जन्म भएको हुन्छ, त्यहाँ व्यक्तिको स्थान हुन्छ |व्यक्तिमा राष्ट्रलाई बलियो बनाउन राष्ट्रियताको भावना हुनु पर्छ र आफसमा एकता हुन् पनि अपरिहार्य छ|राष्ट्रिय एकता यस्तो भाव वा शक्ति हो, जसले आपसी कलह र द्वन्दको अन्त्य गरि भाइचाराको न्यानो सम्बध स्थापित गर्दछ |एकता भावको कारण व्यक्तिले आफ्नो व्यक्तिगत हीतलाई त्यागि राष्ट्रको हीतमा प्रेरित भई काम गर्छ |यस भावको विश्वासमा राष्ट्रका सबै साना र ठुला सामाजिक एकाईहरुले आफ्नो संकुचित सिमा भन्दा माथि उठी आफूलाई राष्ट्रको हितमा स्थापित गर्नु गर्दछ |

राष्ट्रिय एकताको सदभाव जगाउन हामीमा धार्मिक,भाषिक,लैंगिक,जातियताहरुमा मतभेद रहित समुन्नत राष्ट्र निर्माणको एकताको भावना हुनु पर्दछ |राष्ट्रको माया गर्नेले आफ्नो राष्ट्रको माटो,इतिहास,जीवनशैली,धर्म,संस्कृति,रहनसहन,भेषभुषा आदिको निस्वार्थ भावले संरक्षण र संबर्द्धनप्रति एकताको समर्पण भाव राख्नु पर्दछ|जसले हाम्रो                   राष्ट्रिय एकतामा उर्जा प्रदान गर्छ |राष्ट्र त्यतिखेर मजबुत हुन्छ, जतिखेर राष्ट्रिय एकतामा खलल पैदा भएको हुदैन |यसले राष्ट्रिय एकतामा भरपुर टेवा पुग्दछ |

एकतालाई कयौ यस्ता उदाहरणहरु छन जसका माध्यमबाट झनै प्रस्ट्याउँन सहज भएको छ |यहाँ त्यस्ता केहि उदाहरणहरु प्रस्तुत गरिएका छन् |उदाहरणका लागि १० औलाले बाटेको डोरीले एउटा बढेमानको हात्तीलाई सजिलै बाध्न सकिन्छ |एउटा लौरो भन्दा १० वटा लौराको बिटो अधिक मजबुत हुन्छ |एक थोपा पानीको कम महत्व होला तर यीनै थोपा मिलेर बनेको समुन्द्रको अधिक महत्व हुन्छ|एउटा ईटको कुनै महत्व छैन तर यिनै ईटहरुबाट बनाइएको पर्खाल अत्यन्तै मजबुत हुन्छ | यी माथि उल्लेख भएका उदाहरणहरुले  के पुष्टि गर्न खोजिएको छ भने एकतामा अधिक बल हुन्छ जुन बलका कारण असंभव कामलाई पनि सजिलै सम्भव बनाएर पूरा गर्न सकिन्छ |

महाभारतमा भएको कौरव र पाण्डव बीचको युद्धका कारण महाभारत रचियो|विभिषणको  फुटको कारण रावण जस्तो शक्तिशाली वीर पुरुषले युद्ध हार्नु परेको थियो|यसको मुख्य कारण आपसी फुटले गर्दा नै हो| अणुबमले ध्वस्त जापान एकताका कारण आज विश्वमा नै शक्तिशाली राष्ट्र बनेको छ | यी प्रस्तुत ऊपमाले के स्पष्ट गरेको छ भने यदि आपसमा फुटले विनासतिर धकेल्छ भने एकताले सगठित गरि विकास र सम्वृद्धितिर डोर्याउदछ |

एकताको कारण नालापानी युद्धमा वलभद्र कुवंरले अंग्रेजसंग तोप,बम,बारुदको बिरुद्ध भाला,खुडा,खुकुरीको भरमा पानी नै नपिई बहादुरीका साथ युद्ध लडेका थिए|वीर गोर्खाली नेपाली सेना भिमसेन थापा,माथवर सिंह थापा,बलभद्र कुवंर,कालु पाण्डे,अमर सिंह थापा र लखन थापाको नेतृत्वमा सुगौली सन्धिमा हस्ताक्षर भई सके पश्चात नेपाल अंग्रेज युद्धमा गोर्खाली सेनाले देखाएको बहादुरी र युद्ध कौशलबाट अंग्रेज कमाण्डर पनि प्रभावित भएका कारण इष्ट इन्डिया कम्पनीमा गोर्खा सैनिकको भर्ना लिन सुरु भएको हो|आफ्नो देशको स्वाभिमान,स्वतन्त्रतता,राष्ट्र र राष्ट्रियतालाई जोगाउन,संबर्द्धना गर्न र गराउन त्यसताका नेपाली सेना अब्बल दर्जाका थिए| यो उपलब्द्धि हामी बीचमा भएको एकताको कारणले गर्दा नै प्राप्त भएको उचाई हो|

एकतामा बल हुन्छ भन्ने विषयलाई सामान्य माहुरीको उदाहरणद्वारा पनि पुष्टि गर्न सकिन्छ |जसरी ज्यामी माहुरीहरुले एकताको कारण  फूलको रस जम्मा गरेर महको चाका लगाउछन,ठीक त्यसैगरी हाम्रो एकताले पनि राष्ट्र निर्माणमा ज्यामी माहुरीको जस्तै अहम महत्व राख्दछ |यी ज्यामी माहुरीबाट हामीले पनि एकताको पाठ सिक्न जरुरी छ | राष्ट्रिय एकताको तत्वहरु भित्र भौगोलिक,सांस्कृतिक तथा परम्परागत प्रजातीय,भाषागत,राजनैतिक आकांक्षा र शासन,ऐतिहासि र आर्थिक हीतका एकताहरु पर्दछन | यी हितले हामीलाई सदैव एकबद्ध भएर अघि बढ्न मद्धत गर्दछ |

निष्कर्ष:-

राष्ट्र ,राष्ट्रियता र एकता रहे मात्र राष्ट रहन्छ |राष्ट्रिय एकता नै नरहे राष्ट्र  नै बन्दैन |राष्ट्र नै नभए राष्ट्रियता र राष्ट्रिय एकताको सवाल नै उठदैन|जहाँ राष्ट्र  छ त्यहाँ राष्ट्रियता र राष्ट्रिय एकता हुन नितान्त छ|यी दुई पक्ष एक अर्काका परिपुरक  हुन्|देशको सम्वृद्धि र विकासका लागि यिनको अति आवश्यकता हुन्छ|अत: आजको अपरिहार्य आवश्यकता भनेकै राष्ट्रियता र राष्ट्रिय एकता हो|

राष्ट्रियता र राष्ट्रिय एकता वीच नंग र मासुको सम्बन्ध छ|एकको अभावमा अर्को कमजोर बन्दछ |यी दुई वीचको सम्बन्धलाई सुमधुर पार्दै आम देशवासीले यीनको आत्मसात गरि देश निर्माण र विकासमा जुट्न अति आवश्यक छ| यो सदभावले राष्ट्र,राष्ट्रियता र राष्ट्रिय एकतामा सुमधुर सम्बन्ध स्थापित गरि दिगो विकास लक्ष हासिल गर्न सहयोग पुग्दछ |यसले राष्ट्रको समुन्नत विकास र सम्वृद्धि तर्फ लाग्न आम नागरिकलाई  उन्मुख गर्दछ |

राष्ट्रियता छ तर एकता भएन भने राष्ट्र कमजोर बन्न सक्छ |राष्ट्र सवल,सक्षम बन्नका लागि यी दुवै पक्ष  सक्षम र सवल हुन जरुरी छ|एकता भएन भने राज्यभित्र अनेकौ अडचन र व्यवधानहरू आइ पर्न सक्छ |यसले राष्ट्रियतालाई नै खतरा मोल्न सक्छ |यी पक्षबाट बच्नका लागि राष्ट्रियता र राष्ट्रिय एकतामा आँच आउँन दिनु भएन | साथै एक आपसमा एकाबद्ध भई राष्ट्र हीतमा अघि बढ्न जरुरी छ |

देशमा संघियता संस्थागत भइसकेको हुँदा देशले तत् सम्बधी आचार संहिता,कानुन,नीति र नियम निर्माण तथा तर्जुमा गरि राष्ट्रको सम्वृद्धि र दिगो विकासमा जोड दिन आवश्यक छ |जसले राजनैतिक स्थायित्व कायम गरि सबै राष्ट्रिय र क्षेत्रीय दलहरुलाई संवेदनशिल बनाउँदै नैतिकतामा आधारित राजनीतिक संस्कारको विकास गर्नु पर्छ |यसले राष्ट्रियता र राष्ट्रिय एकतालाई संस्थागत बनाउँदै लैजान मद्दत गर्दछ |यिनले राष्ट्रको मजबुत शूत्रधार निर्माण र कार्यान्वन गराउन अहम भूमिका निर्वाह गरेको हुन्छ |अत:मजवुत राष्ट्रियता र राष्ट्रिय एकता सबै राष्ट्रका लागि आज अपरिहार्य आवश्यकता मानिएको छ |

सन्दर्भ सूची :- Prasahan.com ललितकुमार बस्नेत [२७ पुष २०७६ प्रशासन],  राष्ट्रिय संस्कृति नीति २०६७,   नेपाली शव्दकोष,  रातो  पाटि –वद्रिप्रसाद दाहाल [२०७५/०९ /१६ ], Yarsanew sप्रा.डा. गोपाल शिवाकोटी [२०७५ /०८/१८ ], Hamara kura.com [डा. प्रकाश ढकाल -२०७४/०५/११],  युटुव,गुगल रिसर्च,    जोशी रेग्मी [२०५८/पृष्ट २७५,    नेपालको संविधान -२०७२,  नेपालको इतिहास –वावुराम शिरोमणि,  कान्तिपुर दैनिक -२०७६

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here