२०७७ असोज २७ गते मंगलबारको राशिफल

0
726

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन निकै रमाइलो र उत्साहवद्र्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

केही चुनौति अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पु¥याउनेछ । इष्र्या गर्नेहरू स्वयम्पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मेहनतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ । प्रतिस्पर्धाको दौडमा समेत सजिलै जीत हासिल हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

राम्रो नतिजा हातपार्न काम दोहो¥याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । प्रतिफल हात पार्न केही समय लाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

मौकामा अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

प्रगतिमा इष्र्या गर्नेहरूले पनि अवरोध पु¥याउन सक्छन् । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here