२०७७ असोज २९ गते बिहीबारको राशिफल

0
661

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । तर, प्रबल इच्छाशक्तिले लक्ष्यमा पु¥याउनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर समेत दिलाउनेछ । सुन्दर अलंकार वा अन्य विशेष उपहार प्राप्त हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मित्रता र प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । भौतिक साधन जुटाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला । नतिजा सच्याउन काम दोहो¥याउनुपर्ला । संयमता बनाइराख्नु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ । परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ । वादविवाद साम्य हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

शत्रुभाव राख्नेहरू स्वयम् कमजोर हुनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here