प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् विस्तार, इश्वर रक्षाबाट हटाइए

२८ आश्विन २०७७, बुधबार मा प्रकाशित

झापा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेका अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसमेत रहेका ईश्‍वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएका छन् । तीनजना नयाँ मन्त्री थप्‍ने क्रममा प्रधानमन्त्री ओलीले पोखरेललाई रक्षाबाट हटाएका हुन् ।  पोखरेललाई रक्षाबाट हटाएर उक्त मन्त्रालय ओली आफैंले लिएका छन् ।

दुई मन्त्रीको जिम्मेवारी पनि ओलीले हेरफेर गरेका छन् । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् ।

त्यस्तै उनले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाई नियुक्त गरेका छन् । पार्वत गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा थिए । तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त गरेकी छन् ।

मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा बुधबार साढे दुई घण्टा लामो छलफल गरेका थिए । लामो समयदेखि दुईजनाबीचको छलफलपछि नयाँ मन्त्री नियुक्त भएका हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here