कोरोना जितेपछि कान्तिपुरकर्मी गणेशमानको अनुभव भन्छन्– कोरोना समान्य होइन

0
950

गणेशमान मुखिया, कान्तिपुर टेलिभिजन झापा संवाददाता ।

सर्वप्रथम कोरोना भाइरसलाई साधारण रुपमा लिदै नलियौं, बढी भन्दा बढी सावधानी नपनाउने हो भने । सिधै यसले ज्यान लिन्छ । यसले विभिन्न रुपमा मानिसमा आक्रमण गर्दो रहेछ । पहिलो १०० डिग्री भन्दा माथि ज्वरो आउने । ज्वरो १०७ डिग्रीसम्म आउने । दोस्रो, कसैलाई रुघा, मार्की लाग्ने जिउ सारो दुख्ने । तेस्रो सुख्खा खोकी लाग्ने र कसैकसैलाई झाडा पखला लाग्ने । अन्तिम स्वास फेर्न गाह्रो हुने ।

मेरो अनुभवको वारेमा, स्वास फेर्न गाह्रो भयो । कार्तिक ७ गते अर्थात वडा दशैंको सप्तमीको वेलुकासम्म टेलिभिजन समाचारको स्टोरी गरें । भोली विहान अर्थात ८ गते एकैचोटी गन्ध र स्वाद हरायो । स्वास्थ्यकर्मी र चिकित्सकलाई सोधे गन्ध र स्वाद हरायो । उनीहरुको स्पष्ट जवाफ थियो । कोरोना पोजिटिभ हो । त्यसपछि घरपरिवारबाट अलग्ग बस्न थाले । नवमीको दिनसम्म तातोपानी पिउदै र वाफ लिदैं बसे । दशमीको दिन एक्कासी अक्सिजनको मात्रा ९० मा झर्यो हर्टविट १२० भन्दा माथि । कोभिड अस्पताल मेचीका डा.रामबाबु खड्कालाई फोन तुरुन्त गरे । उहाँले तुरुन्त अस्पताल आउनु भन्नु भयो । वाइक आफै कुदाएर मेची अस्पताल गए । छातीको एक्सरे गरेर हेरे । औषधी कोडोमोल, साल ४ र मिनिल सेवनको लागि दिनुभयो ।

त्यही दिन नमुना परिक्षणको लागि स्वाव दिएर आए । अब मेरा कष्टपूर्ण जिन्दगी शुरुवात हुन्छ । होम आइशोलेशनको बसाई, खाना केही रुचदैन् । तातोपानी दैनिक ८ लिटर पिउनुपर्ने । प्रत्येक दुई–दुई घण्टामा तातोपानीको वाफ । हर्टविट १२० माथि पुग्ने, अक्सिजनको मात्रा घटेर ९० आउने । अवस्था जटिल बन्दै गएपछि अक्सिजनको सिलिण्डर भरेर घरमै ल्याइयो । अक्सिजनको मात्रा घटेपछि लेभल २ मा राखेर १५ मिनट आफै अक्सिजन लिन थाले । १६ गते राती सुतेर अक्सिजन सिलिण्डरबाट लिएको झनै साह्रो बनायो । दिउँसो भन्दा मध्यराती मलाई स्वास फेर्न गाह्रो हुदै गयो । ११ गतेबाट १७ गतेसम्म राती झिमिक्कै सत्नु सकिएन स्वास फेर्न गाह्रोको कारणले । १७ गते विहान ७ बजे कोभिड अस्पताल मेचीमा भर्ना भइयो । कार्तिक १७ गते विहान २ बजे र ४ः३० बजे दुईपल्ट स्वास फेर्न गाह्रो भयो। अक्सिजनको मात्रा अक्सिमिटरमा हेरे ९० भन्दा तल ८९ मा छ । दुईपल्ट नै पन्ध्र–पन्ध्र मिनट अक्सिजन आफैले लगाए २ अकंमा ।

स्वास्थ्यकर्मी जीवन चाम्लागाईलाई विहान ६ बजे फोन गरें र समस्या बताए । उहाँ तुरुन्त कोभिड अस्पताल मेची आउनु अक्सिजनको ब्यवस्था गरौंला भन्नुभयो । सिम्सिम् पानी परी रहेको थियो । डब्बल रेनकोट लगाएर बाइक चलाएरै १७ किलोमिटर टाडा मेची अस्पताल एक्लै ७ बजे विहान पुगे । औषधी पाइयो । घरमा जे खाई रहेको थिए त्यही औषधी पाइयो । दिन छिपिदै गयो । त्यही समस्या म मा बढ्न थाल्यो । समाचार सम्प्रेषण गर्न जाँदाको कोभिड अस्पतालको अवस्था र पोजिटिभ विरामी भई जाँदाको अवस्था फरक पाएँ । पहिले पुरुष विरामीको लागि पूर्वपट्टि र महिला विरामीको पश्चिम पट्टि बस्ने ब्यवस्था थियो । तर, एकसय विरामी बस्ने क्षमता भए पनि म पुग्दाँ २ महिला र ६ पुरुष गरी जम्मा ८ जना थिए ।

अक्सिजन पाइपबाट सप्लाई गर्न धमाधम दुई जना प्राविधिक पीपीई लगाएर काम गर्दै थिए । दिउँसो ४ बजेतिर फोक्सोलाई सजिलो बनाउन २ वटा इन्जेकशन स्वास्थ्यकर्मीले लगाई दिए । पानी प्रसस्त पिउने र प्रत्येक दुई–दुई घण्टामा वाफ लिनेक्रम जारी राखे । अक्सिजन मात्रा कम हुनसाथ तातोपानी धारधुर बनाउदै पिउन क्रम बढाउन थाले । पानीमा अक्सिजन मात्रा वढाउदै पिउँदा धेरै रिलिफ हुन्थ्यो । मलाई रातीको समयमा स्वास फेर्न साह्रै गाह्रो हुने । ६ रात सुत्न सकेको थिइन् । कोभिड अस्पतालमा पनि समस्या त्यही मात्र होइन झन वढी हुन थाल्यो । कोभिडको विरामीलाई अक्सिजन वढी चाहिन्छ । तर, अस्पतालमा हावा खेल्ने ठाँउ नै छैन् । राती १२ बजे स्वास फेर्न गाह्रो भयो। आफैले २ लेभलमा ३० मिनट अक्सिजन लगाए । पुन विहान पख पनि अक्सिजन आफै लगाए । विहान ६ बजेबाट ७ बजेसम्म ६ पटक डाईरिया भयो ।

मलाई लाग्यो ताप्केबाट उफ्रेको माछा भुग्रामा । कति छिटो यहाँबाट बाहिर निस्कने त्यही मेरो भलाई छ भन्ने लाग्यो । चिकित्सकलाई सोधे मलाई रेमडेसिभिर भेक्सिन चाहियो भने । चिकित्सकलाई रेमडेसिभिर भ्याक्सिन चाहियो भने । रियाक्सन हुन सक्छ आइसीयू र भेन्टिलेटर नभएकोले भ्याक्सिन लगाउन गाह्रो हुने बताउनुभयो । रेमडेसिभिर भ्याक्सिन चाहियो भनि वी एण्ड सी अस्पतालमा सम्पर्क गरे । हुन्छ भन्ने जनाउ पाएपछि कोभिडबाट डिस्चार्जको प्रक्रिया अगाडि बढाईयो । स्वाव परिक्षण ११ बजे दिएर अस्पतालबाट हिड्ने तयार गरे । दिउसो ३ बजे मेचीबाट निस्के । पुनः बाइक चलाएर विर्तामोडस्थित वी एण्ड सी अस्पताल भर्ना भइयो । त्यहाँ पनि संक्रमितसंगै बस्ने वेड तयारी थियो । सवै सामान त्यही राखेर तातोपानीको वाफ लिई सकेर आराम गर्दै थिए ।

अस्पतालबाट चिकित्सकको बधाई आयो, मुखिया जी बधाई छ । पीसीआर रिर्पोट नेगेटिभ आएको छ । त्यो वाक्य सुन्न वित्तिकै ५० प्रतिशत मलाई जाति भएको अनुभव भयो । तत्काल त्यहाँबाट छुट्टै क्याविनमा सरे । त्यसपछि छातीको सीटी स्क्यान गरे । फोक्सोमा हल्का दाग देखियो । भोली पल्ट साँझ डिस्चार्ज भई घर आइयो । अहिले घरमै झोलिलो र तागतिलो प्रोटिनयुक्त खाना खाई राखेको छु । दैनिक ३ पल्ट तातोपानीको वाफ लिई राखेको छु । तातोपानी त पिउनै पर्यो ।

कोरोनाकालमा जोडिएका ब्यक्ति, चिकित्सक, स्वास्थ्यकर्मी 

अयोध्याबाट राजा दशरथले रामलाई वनवास पठाए । लक्ष्मणलाई वनवास नपठाए पनि लक्ष्मण दाइ रामको साथ लागेर वनवास गए । रामको हर सुखःदुखमा साथ दिए लक्ष्मणले । मैले पनि लक्ष्मणको रुपमा भाइ (इन्द्रजित मुखिया एनटिभी संवाददाता) पाएको छु ।

कोरोना पोजिटिभ भएदेखि सवै सामान जटाईदिने र तँ लाई जसरी नी बचाउँछु भन्ने भाइ । विद्यालयका सहपाठी एवम् डा.लक्ष्मी प्रसाद मैनाली । विहान, दिउँसो र बेलुका दैनिक ३ पल्ट अवस्थाको वारेमा फोन गर्ने । कोभिड अस्पतालका डा. गोविन्द कडेल र डा. रामबाबु खड्का, स्वास्थ्यकर्मी जागेश्वर यादव, जीवन चाम्लागाई, भाइ एलवी मुखिया, सहकर्मी महाप्रसाद खतिवडा जहिले भन्नु हुन्थ्यो, अक्सिजन मात्रा घट्दा हल्का रुपमा नलिनु तुरुन्त चिकित्सकसंग परामर्श गर्नु भन्नुहुन्थ्यो ।

त्यस्तै न्यूज डेक्सबाट समेत हौसला आउदाँ आफुलाई धेरै हल्का भएको महशुस हुन्थ्यो । कोरोना कहरबाट सवै सचेत रहौं । कसैले पनि हल्का रुपमा नसलऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here