साहसिक व्यक्तित्व डा. के.आई. सिंह

0
2221

साधारण किसान परिवारको उपज कँुवर इन्द्रजीत सिंहको जन्म वि.सं. १९६३ बैशाख १३ के.आई. सिंह गाउँपालिका वायल, डोटीमा भएको थियो । शिक्षा आर्जन कै समयमा भारतीय सेनामा प्रवेश गरी त्यही चिकित्सा तालिम लिए, पछि नेपाल–भारत सीमा नजिक रहेको नौतनवामा होमोप्याथिक पद्धतिबाट उपचार कार्यको थालनी गरेकाले डाक्टर के.आई. सिंहका नामबाट प्रसिद्ध भए । भूमि पुनर्वितरण योजनालाई सफल गराउन सकेकाले ‘राबिन हुड आँफ द हिमालय (Robin hood of the Himlayas) बाट चर्चित भए ।

तात्कालीन समय देश राणाहरुको निरंकुश शासनमा जकडिएको थियो । जसका कारण २०औं शताब्दिमा पनि जनता शिक्षाको उज्यालोबाट वञ्चित थिए । लुई चौधौं भैं आफूलाई I am the state ठान्ने र जनतालाई तृण बराबर नगन्ने क्रुर राणाशासन हटाउने अठोट गरी ‘नेपाली राष्ट्रिय कांग्रेस’मा प्रवेश गरे । भारतीय फौजबाट सेवानिवृत्त गोरखाली फौज जवान र नेपाली युवा सम्मिलित ‘मुक्तिसेना’को फौजीजत्था तयार गरी २००७ सालको सशस्त्र आन्दोलनमा सक्रिय रुपबाट भाग लिए ।

२००७ कात्तिक २१ गते बिहान राजा त्रिभुवनले सपरिवार दरबार त्यागगरी भारतीय राजदूतावासमा शरण लिएर २६ गते दिउँसो भारतीय वायुसेनाको विमानबाट दिल्ली पुगेपछि आन्दोलन चर्काउन थप सहज भयो । पश्चिमी मोर्चा–कमाण्डर डा.के.आई. सिंह नेतृत्वको मुक्तिसेनाले भैरहवा कब्जा ग¥यो । यो साहासिक कार्य देखेर बि.सं.२००६ मार्ग ६ मा हजारौं जनताको बिशाल सभाले डा.के.आई. सिंहलाई पश्चिमी क्षेत्रको प्रमुख शासक तोक्यो । मुक्तिसेनाको आन्दोलनले निरन्तर सफलता हाँसिल गरेकोले मोहन शम्शेर त्तालिएर नेपाली कांग्रेस र भारत सरकारसँग कुरा गर्न एक प्रतिनिधि मण्डल दिल्ली पठाए । दिल्लीमा भएको सम्झौताको चारैतिर बिरोध भए पनि ‘संयुक्त सरकार गठन’ बिषयमा सहमति गरी सबै स्वदेश फर्किए ।
तर, पश्चिमी मोर्चा–कमाण्डर डा.के.आई. सिंहले ‘दिल्लीमा सम्झौता’ स्वीकार गरेनन् । नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालाको आन्दोलन स्थगित गर्ने निर्देशनलाई लत्याउँदै छुट्टै सरकार गठन गरे । यसलाई दबाउन तोरण शम्शेरको नेतृत्वमा काठमाडौंबाट आएको सरकारी सेनालाई समेत मुक्तिसेनाले परास्त गरिदिएकाले आन्तरिम सरकारले भारतसँग सैनिक सहयोग माग्यो । भारतीय सेना नेपाल प्रवेश गरी यिनी र यिनका सहयोगी बालचन्द्र शर्मासहित धेरैलाई पक्रेर भैरहवा जेलमा हाली दियो ।
तीन महिनापछि सहयोगीहरुले जेल तोडेर स्वतन्त्र गराई दिए, तर एकै महिनामा पुनः पक्रेर काठमाडांैको जेलमा हालियो । बि.सं. २००८ माघ ८ को मध्यरातमा रक्षादलका १२ सय जवानहरुले बिद्रोह गरी सबैलाई फेरि जेलमुक्त गराए । कैदमुक्त भएपछि यिनले रक्षादलकै सहयोगबाट सिंहदरबार र रेडियो नेपालका साथै सञ्चारका सम्पूर्ण साधनलाई नियन्त्रणमा लिए । त्यसपछि टङ्कप्रसाद आचार्य र गणेशमान सिंहलाई बोलाई श्री ५ त्रिभुवन समक्ष पाँच सूत्रीय माग प्रस्तुत गर्न लगाए । जसमा,
१) सर्वदलीय मन्त्रीमण्डल गठन गर्ने ।
२) राजनीतिक कार्यक्रम तयार गर्न सबै दलहरुको संयुक्त सम्मेलन बोलाउने
३) बिकासको निम्ति पञ्चबर्षीय योजना बनाउने ।
४) सबै छिमेकी राष्ट्रहरुसँग समानताका आधारमा मैत्री सम्बन्ध कायम गर्ने । र
५) राष्ट्रिय हितअनुकूल शान्तिपूर्ण ढङ्गबाट शासन गर्ने ।
मागहरुका बारे दरबारमा छलफल चल्दै थियो, अचानक ढिला गरे आफूलाई अनिष्ट हुन सक्ने अनुमान गरी आफ्ना २७ सहयोगी साथ तिब्बततर्पm लागेकाले सरकारले यिनलाई डाका घोषित गरी पक्रेर ल्याउनेलाई तीन हजार पुरस्कार दिने सूचना प्रसारित ग¥यो ।

चीनमा निर्वासनकै अवस्थामा राजा महेन्द्रबाट फिर्ता आउन भनेकाले काठमाडांै आएर ‘संयुक्त प्रजातन्त्र पार्टी’ नामको दल गठन गरी राजनीतिक अभियानमा होमिए । राजा महेन्द्रले पनि यिनको अध्यक्षतामा ११ सदस्यीय संयुक्त मन्त्रिमण्डल गठन गरे । जसमा सात जना ‘संयुक्त प्रजातन्त्र पार्टी’ र चार जना स्वतन्त्र व्यक्तिहरु थिए ।

…I am K. I. Sing, so I am not a grass eater. A lion never eats grass.Ú -in 1979_ वडो गर्वका साथ भन्न रुचाउने एक होनाहार, झ्वाँक्की, निडर र साहसिक व्यक्तित्व डा. के. आई. सिंह बि.सं.२०१४ श्रावण ११ गते नेपालको बिसौं प्रधानमन्त्रीका रुपमा नियुक्त भए । आफू प्रधानमन्त्री हुनासाथ मुलुकको औद्योगिक बिकास र प्रशासनिक सुधार कार्यमा ध्यान केन्द्रित गरी त्यसै अनुसारका नीति तथा कार्यक्रमहरु तय गरे ।
प्रशासनिक सुधार योजनाहरुमा ः
(१) राष्ट्रिय सेनामा आवश्यक सुधार गर्ने,
२) प्रशासनमा हुनेगरेका ढिलासुस्ती र फजुल खर्चलाई कम गर्ने, राजदरबारका ४ मुख्य निजी सचिवहरु मध्ये भ्रष्ट एकजना र एक सय १७ कर्मचारीहरु हटाउने, कटौती गर्ने । प्रथम चरणका सुधारका यी कार्यक्रमहरु देखेर आईजीपी गोपाल शम्शेर, कमाण्डर–इन–चिफ त्रोण शम्शेर र मुख्य सचिव चन्द्रबहादुरबाट असहयोग भयो भने साहेबज्यू पुरेन्द्र विक्रम पनि विपरीत हुन पुगे ।

यस्तैमा रुसी दूतावासले प्रधानमन्त्रीलाई रुसी मर्सीडिजवेञ्च उपहार दिने प्रस्ताव गरे, परनिर्भरता बृद्धि हुनसक्ने देखेर ‘म गरीब जनताको प्रतिनिधि भएकाले यति महँगो गाडीमा कसरी हिँड्न सक्छु र ?’ (सच्चा इमान्दार र सफामनका नेपाल आमाको छोरा) । भनी बिदेशी सहयोगको ठाडै इन्कार गरेकाले नेता खेलाउन पल्केका वैदेशिक कूटनीतिज्ञहरु समेत सतर्क भए । मुलुक हितका नीति तथा कार्यक्रमहरुबाट जनसमर्थन बढेर लोकप्रिय हुन गएमा आफूहरुको अवस्था जनताको नजरमा झनै कमजोर र दयनीय हुन सक्ने अनुमान गरी बिभिन्न दलका नेताहरुले पनि यिनको शासनलाई अधिनायकवादी भनी बिरोध गर्न थाले । स्वार्थी तत्वहरु धमाधम रुष्ट हुँदै बढ्न थालेपछि यिनको अवस्था र स्थिति झनै कमजोर भई एक सय १० दिनको अवधिमा नै यिनले राजीनामा दिनुप¥यो ।
असल इमान्दार, निष्ठावान, राष्ट्रभक्त व्यक्तित्वको अवशान भयो । साधारण हैसियतमा एउटा झोला र चप्पलसँग सिंहदरवार प्रवेश गरेको त्यो व्यक्तित्व त्यही झोला र चप्पलसँग बाहिरियो । राष्ट्रिय भावना निरीह भयो, घुसखोर र भ्रष्टाचार बलीयो हुँदै रमायो । फेरि अब मुलुकले निश्वार्थ र दृढ बिचारशैलीको व्यक्तित्व पुनः पाउने कहिले हो ? प्रतिक्षा रहिरह््यो ।

krishnadhakal251@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here