बिर्तामोड बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारण सभा

0
720

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

झापाको बिर्तामोड–४मा रहेको बिर्तामोड बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सरोजकुमार उप्रेतीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक बिजय फुयाँलले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष पार्वता खरेल विमली, नेपाल अडिटर एशोसिएशन झापाका वरिष्ठ उपाध्यक्ष होमनाथ उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सरोजकुमार उप्रेतीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य एक हजार छ सय ५८ जना, शेयर पूँजी ५४ लाख ४६ हजार चार सय ७२ रुपैयाँ , निक्षेप ६४ लाख १२ हजार छ सय ३१ रुपैयाँ ५९ पैसा , ऋण लगानी एक करोड ४० लाख ९३ हजार सात सय ७४ रुपैयाँ ,खुद नाफा छ लाख ४८ हजार एक सय ३० रुपैयाँ २१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका लेखा समिति संयोजक बलराम घिमिरेले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको वन्दसत्रले रिक्त रहेको ऋण उपसमितिको सदस्यमा छत्रबहादुर लिम्वूलाई चयन गरेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव नरप्रसाद उप्रेतीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here