तीन दिनमै बिमा भुक्तानी हुने ‘कोभिड केयर सहायता कार्यक्रम’

0
780

झापा,कोभिड–१९ महमारीबाट प्रभावित ग्राहकको सहयोगार्थ मेटलाइफ नेपालले ‘कोभिड केयर सहायता कार्यक्रम’ सुरु गरेको छ। कोभिडका कारण भएको मृत्यु दाबीमा तीन कार्य दिनभित्रै दु्रतमार्गी बिमा भुक्तानी सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।

कार्यक्रमअन्तर्गत दाबीकर्तालाई बिमा दाबीका लागि आवश्यक कागजात अनलाइन पेस गर्न सक्ने सुविधा दिइएको र लाभार्थीले दाबी भुक्तानी तीन कार्य दिनभित्र सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सक्ने मेटलाइफले जनाएको छ।

कम्पनीका अनुसार द्रुतमार्गी दाबीका साथै कोभिड लक्षण भएका ग्राहकका लागि तीनवटा निदान केन्द्रसँग घरमै आई पिसिआर परीक्षण प्रदान गर्ने सुविधा पनि समावेश गरिएको छ भने डाँफे केयरमार्फत कोभिड संक्रमित ग्राहक र उनीहरूमा आश्रित परिवारजनको विशेष हेरचाह प्रबन्धन कार्यक्रममा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। १४ दिने हेरचाह प्रबन्धन कार्यक्रममा भर्चुअल डाक्टरद्वारा परामर्श, चिकित्सा परामर्श, निगरानी तथा कोभिड संक्रमित बिरामीलाई आवश्यक औषधी सहयोग समावेश छ।

‘अधिकांश नेपालीलाई अहिले अत्यन्त कठिन तथा अनिश्चित समय हो। जनमानसलाई विश्वासिलो भविष्य निर्माणका लागि मद्दत गर्न हामीले आफ्नो जिम्मेवारी गम्भीरता साथ लिएका छौं,’ मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘आसा राखेका छौं कि यस कोभिड केयर सहायता कार्यक्रमद्वारा ग्राहकलाई कोभिड–१९ बाट उत्पन्न चुनौती सामना गर्न केही मात्रामा भए पनि सुरक्षण प्रत्याभूति प्राप्त हुनेछ।’

प्रतिक्रि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here