नगरस्तरिय अन्तर मा.वि.छात्र भलिबल प्रतियोगिताको उपाधि रुपरत्नलाई

0
25

अर्जुनधारा।

झापाको अर्जुनधारामा जारी नगरस्तरिय अन्तर मा.वि. छात्र भलिबल प्रतियोगिता–२०८१को उपाधि अर्जुनधारा–७ स्थित रुपरत्न मेमोरियल बोर्डीङ स्कूलले जितेको छ ।

नजिकिदै गरेको साझा चाड विजया दशमीलाई लक्षित गरि अर्जुनधारा–६ लक्ष्मीपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा आयोजक लक्ष्मी माध्यमिक विद्यालय ‘बी’लाई पराजित गर्दै रुपरत्नले उपाधि जितेको हो ।

बेस्ट अफ फाइभ फर्मेटमा भएको खेल अन्र्तगत रुपरत्नले २६–२४, २५–१७, ३०–२८ र २७–२५को सेटमा लक्ष्मी मावि ‘बी’लाई पराजित गरेको थियो । जितसँगै प्रतियोगिताको विजेता रुपरत्न र उपविजेता लक्ष्मी माविका टिमले नगद पुरस्कार क्रमश २० हजार पाँच र १५ हजार पाँचसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी लक्ष्मी प्रधान(रुपरत्न), उत्कृष्ट सर्भर रोशन अधिकारी(लक्ष्मी), उत्कृष्ट स्पाइकर प्रज्वल कार्की डोली(रुपरत्न), उत्कृष्ट सेटर चक्रबहादुर कार्की(लक्ष्मी), उत्कृष्ट ब्लकर सुरज दास(रुपरत्न) र उत्कृष्ट लिब्रो सुमन बुढा क्षेत्री(लक्ष्मी) भएका थिए । सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार एक हजार पाँच सय पाँचसहित र ट्रफी तथा अन्य विधाका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार एक हजार पाँचसहित ट्रफी प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अर्जुनधारा नगर खेलकुद विकास समितिका सदस्य सचिव एवम् अर्जुनधारा–३का वडासचिव खगेन्द्र लिङदेन, सशस्त्र प्रहरी बल सुरक्षा वेस शनिश्चरेका प्रमुख प्रहरी नायव उपरीक्षक दिव्यराज कोइराला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश विष्टलगायतले खेलाडीहरुलाई पुरस्कारहरु वितरण गरेका थिए ।

विद्यालयकी प्रधानाध्यापक निर्मला पोखरेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक एवम् खेलकुद विभागका सदस्य सुशिल ढुङ्गेलले गरेका थिए । गत असोज ३ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताका सह–प्रायोजकहरु स्थानीय गमस्ता स्पोर्ट हब, सापकोटा इन्टेरियर एण्ड डेकोरेशन, सेभेन स्टार डिपार्टमेन्ट प्रा.लि., बिर्तामोड–५स्थित समग्र सप्लायर्स र स्मृति ट्रेडर्स तथा बिर्तामोड–६स्थित कोइराला फर्निचर एण्ड कोइराला मार्केट रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here