२०७८ साल वैशाख २४ गतेको राशिफल

0
1142

२०७८ साल वैशाख २४ गतेको राशिफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अवसरका लागि केही दौडधुप गर्नुपर्ला । काम थाल्न
समय लागे पनि सम्भावना खोजी गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आजको मेहनतले भविष्यमा नाम, दाम र प्रतिष्ठा
दिलाउन सक्छ । अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।
सामाजिक दायित्व पनि बढ्नेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ ।
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शुभचिन्तक समेत प्रतिपक्षीको प्रभावमा आउन
सक्छन् । सहयोगको तत्परता देखाउनेहरू पछि हट्ने छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आँटेको काम समयमा नबन्न सक्छ । आफ्ना
सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । उपलब्धिका लागि केही दिन
प्रतिक्षा गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – माहौल रमाइलो रहनेछ । प्रयत्न गर्दा आम्दानी बढाउने
काम शुरु गर्न सकिनेछ । मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । तर,
मनोरञ्जनमा अलमलिँदा चिताएको काम ढिलो सम्पादन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रेम र
मित्रताको बन्धन पनि कसिलो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – हल्लाको पछि लाग्दा दुःख पाइनेछ । अवसरले पछ्याए पनि
फाइदा उठाउन चुनौतिहरूसँग जुध्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – प्रगतिमा इष्र्या गर्नेहरूले दुःख दिनेछन् । व्यहारिक
समस्याले योजना रोकिन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मेहनतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । प्रतिस्पर्धामा
उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here