झापा, नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष सुशीला संग्रौलालाई पितृ शोक परेको छ ।
न्यू मेची टाइम्स दैनिककी सम्पादक समेत रहेकी संगौलाका पिता प्रेमप्रसाद संगौलाको निधन भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका निवासी ८२ वर्षीय संग्रौलाको वीरगञ्ज अस्पतालमा आज विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
वि.स.१९९६ साल भदौ ३ गते जन्मिएका संगैलाकी श्रीमती हरिमाया सहित छोरा वुहारी विनोद – वशन्ती, रमेश – कृष्णा रहेका छन् । छोरी ज्वाईहरुमा कमला– कृष्ण भेट्वाल, शान्ता संगौला, सुशीला – देवीप्रसाद पोखरेल रहेका छन् । संग्रौलाको कोभिड र दमका कारण निधन भएको बताइएको छ ।
संगौलाको निधन प्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीले शोकाकुल परिवारजनमा हार्दिक समबेदना सहित दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् ।





























