झापा । 
नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठक अस्वस्थ्य भएपछि अस्पता भर्ना भएका छन् ।
मृगौलामा समस्या भएपछि अस्पताल भर्ना भएको बताइएको छ । स्वास्थ्य अवस्था असामान्य भएपछि अध्यक्ष पाठक बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार भर्ना भएका हुन् ।
एक हप्तादेखि पाठकको किड्नीमा समस्या देखिएको थियो । चिकित्सकका अनुसार उनको किड्नीमा दुइवटा स्टोन रहेको छ । एउटा चार एमएम र अर्को ९ एमएमको हुँदा पाठकको किड्नी सुनिएको छ ।
अस्पताल स्रोतको अनुसार आज राती अपरेशन गरेर स्टोन फ्याँकिने बताइएको छ । स्वास्थ्य लाभ लिन अध्यक्ष पाठक केही दिन अस्पताल बस्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।































