अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

0
603

उमानाथ भण्डारी,
कमल ।

कमलनगर जेसीजले एक कार्यक्रमका बीच कमल गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कमलनगर जेसिजका वर्ष २०२१ का अध्यक्ष गोपाल खनालले कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेलाई पाँच थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

गतवर्ष पनि हामिले शहिद धर्मभक्त माविमा स्थापना गरेको करेन्टाईनमा जेसीजले सहयोग गरेको थियो । यसवर्ष पनि गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर दिएर सहयोग गरेको छ ।

गाउँपालिकामा भएका कतिपय सामाजिक संघ सस्था गाउँपालिकासंग समन्वय नगरी काम गर्ने गरेका छन् तर, कमलनगर जेसीज समाजिक सस्था मात्र नभएर हरेका पटक गाउँपालिकामा आपत विपत् परेका बेला गाउँपालिकासंग समन्वय गरेर कार्यक्रम गर्ने गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर आवश्यक परेको महशुस गरी अहिले तत्कालका लागी पाँचथान सिलिन्डर हस्तान्तरण गरेका छांै । तर, आगामि दिनमा थप शिलिन्डर आवश्यक परेमा त्यसका लागी कमल नगर जेसीज तयार रहेको कमलनगर जेसीज वर्ष २१ का अध्यक्ष जेसी गोपाल खनालले बताउनुभयो ।

सिलिन्डर हस्तान्तरण कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष बेनु सिवाकोटी कमलनगर जेसीजका सस्थापक अध्यक्ष जेसी रुप नारायण न्यौपाने बर्ष २०१८ का अध्यक्ष जेसी केदार कटुवाल बर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल आजीवन सदस्य जेसी राजन ढुंगाना बर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल आजीवन सदस्य जेसी राजन ढुंगाना जेसी नारायण बस्नेत जेसी रिजु कार्की,जेसी देबेन्द्र दाहाल, जेसी प्रबिन खड्का,जेसी बिष्णुभक्त लामिछाने लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम कमलनगर जेसीजका महासचिव जेसी महेश भण्डारीले सन्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here