युएईमा इकमर्स बिज्नेसमा भविस्य खोज्दै कल्पना

0
562

रामप्रसाद ढुंगेल,
युएई।

पेसाले नर्स हुन बुटवलकी कल्पना गौंड । युएईको उत्तरी राज्री रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंड सामाजिक संजाल टिकटकमा पनि सकारात्मक र देशभक्त सन्देशहरुका कारण एउटा ठुलो जमातमा प्रख्यात छिन् ।

अस्पतालमा नियमित काम गरिरहेकी कल्पना आफ्नो पेशाका अतिरिक्त युएईमा ईकमर्स व्यावसायलाई फस्टाउदै लगेकी छन् ।

युएईबाट अर्डर, नेपालमा डेलिभरी

युएईबाट अर्डर गरेका सामान नेपालका मुख्यमुख्य सहरमा डेलिभरी दिने व्यवस्था फेमकलले गरेको छ । बर्थडे केक, गिफ्ट आइटम लगायत गार्मेन्ट अन्य सामग्रीहरु सुपथ मुल्यमा नेपालका प्रमुख सहरमा रहेका घरघरमा पुर्‍याउने व्यवसायी कल्पनाले बताएकी छन् ।

न्युनतम ३० दिरामदेखिका स्वादिष्ट केकहरु घरघरमा पुर्‍याउने दाबी फेमकलले गरेको छ । व्यापार विस्तारको क्रममा दुवईको बर दुबईमा मुख्य कार्यालय स्थानान्तरण गर्ने र फेमकलको शाखा अन्य गल्फ देशहरुमा फैलाउने लक्ष्य लिइएको छ ।

के-के पाइन्छ फेमकलमा ?

नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्य लिएर यो व्यापार शुरु गरेको युवा व्यावसायी कल्पनाले बताएकी छन् ।

कोरोनाको कारण फस्टाउन थालेको अनलाइन कल्चरलाई सदुपयोग गर्न कल्पनाले राकमा फामकल स्टोर्स एलएलसी संचालनमा ल्याएकी हुन् ।

युएईमा कार्यरत सबै देशका बासिन्दाहरुलाई नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफुले यो व्यावसाय शुरु गरेको व्यावसायी कल्पना गौंडले जानकारी दिएकी छन् ।

नेपाली टि-शर्ट, नेपाल र नेपाली झन्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री,आकर्षक गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने व्यावसायी गौंडले जानकारी दिएकी छन् ।

नेपाल वा युएईमै रहेका नेपालीले कुनै मौलिक हस्तकलाका सामग्री तयार पारेको खण्डमा उक्त सामग्रीको बजारीकरण गर्न सघाउले व्यवसायी गौंडले बताएकी छन् ।

अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यावसायको औपचारिक उदधाटन गत २० अक्टोबरमा गरिएको प्रतिभाशाली युवा व्यावसायी गौंडले जानकारी दिएकी छन् ।

सामाजिक संजालमा सक्रिय र स्मार्ट प्रयोगकर्ताको छवि बनाएकी कल्पनाका हजारौं फलोअरहरु फेसबुक, टिकटक र इन्स्ट्राग्राममा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here