झापामा साउन १६ गतेदेखि एकसाता हुने लकडाउनमा के खुल्छ के बन्द हुन्छ ?

0
536

बिर्तामोड ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले आगामी शनिबार १६ गते राति १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ । लकडाउनको समयमा के–के खुल्छ र के–के बन्द हुन्छ । प्रशासनका कार्यालयबाट सर्वसाधारणका लागि जारी गरिएको सुचना यस्तो छ–

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना

१ अत्यावश्यक काम औषधि तथा अत्यावश्यक वस्तु वा सेवा खरिद वाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । नेपाल सरकारद्वारा तोकिएको समाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने।
 हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्ने नगराउने ।
Covid-19 को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्ने ।

२ कार्यालय संचालन सम्बन्धमाः
 अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय तथा सार्वजनिक कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने ।
 सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचयपत्रका आधारमा बिहान ९:०० बजे देखि १०:०० बजे सम्म तथा बेलुकी ५:०० बजे देखि ६:०० सम्म मात्र सरकारी तथा निजी सवारी साधनमा आवतजावत गर्न पाउने । साथै अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयका कर्मचारीहरुको हकमा कर्मचारी परिचयपत्रका आधारमा सरकारी तथा निजी सवारी साधनमा आवश्यकता अनुसार आवतजावत गर्न पाइने ।

३ बैंक/वित्तीय संस्था सम्वन्धमाः
 बैक तथा वित्तिय संस्थाको सम्वन्धमा सम्वन्धित माथिल्लो निकायको स्वीकृति लिई न्युनतम कर्मचारीको उपस्थितिमा हप्तामा ३ दिन आलोपालो मिलाई सञ्चालन गर्ने ।

४ पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमाः
 औषधी र स्वास्थ्य सामाग्री, ईन्धन /पेट्रोलरडिजल स्टेसन,LP Gas बाहेक अन्य पसल, व्यवसाय पुर्ण रुपमा बन्द गर्ने ।
 हरियो तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ विहान ६स्ण्ण् बजेदेखि ८स्ण्ण् बजेसम्म विक्रि वितरण गर्न पाइने।
 औषधी पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्ण रुपमा पालना गर्ने ।
 सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि बन्द गर्ने ।

५ सवारी साधन सञ्चालन सम्बन्धमाः
 अत्यावश्यक सेवाहरु वाहेकका सबै प्रकारका सार्वजनिक एवं निजी सवारी साधन मिति 2078/04/16 गते राती 12:00 बजे देखि  23 गते राती 12:00 बजेसम्म झापा जिल्ला भर सञ्चालनमा पूर्ण रुपले रोक लगाउने ।
 अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, ईन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध, तथा दुधजन्य पदार्थ बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, रेडक्रस, दुरसञ्चार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँकसेवा, ढुवानी लगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाइने ।
 पूर्व पश्चिम राजमार्गमा लामो तथा मध्यम दुरिका सवारी साधनहरु संचालन गर्न पाईने । साथै उक्त सावरी साधनहरुले तोकिएका बस स्टेनहरुमा वाहेक जथाभावी रोक्न नपाइने ।
 हवाई यात्रुहरुको हकमा हवाई टिकट लगायत कागजातका आधारमा सम्वन्धित व्यक्ति र निजले प्रयोग गर्ने सवारी साधनलाई यात्रा सहजीकरण गरिने ।

६ कक्षा ११ को परिक्षा संचालनमा आवश्यक सहयोग एवं सहजिकरण गर्ने।उक्त परिक्षामा सहभागी हुने परिक्षार्थीहरुको आवागमनमा समेत आवश्यक सहजिकरण गर्ने ।

७ Covid-19 विरुद्धको खोप स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरि संचालन गर्न आवश्यक सहयोग तथा सहजिकरण गर्ने ।

८ उद्योग, कल/कारखाना र निर्माण कार्य संचालन सम्बन्धमाः
 उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने, छुट्टै क्वारेनटाइनको व्यवस्था सम्बन्धित उद्योगले गर्ने।
 राष्ट्रिय गौरब र महत्वका आयोजनारपरियोजनाको निर्माण कार्य स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने र उक्त कार्यका लागि कामदारहरुलाई खाने बस्ने ब्यबस्था सोही स्थानमा सम्वन्धित आयोजनाले मिलाउने ।
९ विवाह तथा मृत्यु संस्कार सम्बन्धमाः
 विवाहको लागि बढीमा1० जनासम्म जन्ति जान आउन दुलाहा दुलही सहित 2 वटा सवारी साधनमा 5/5 जना सम्म व्यानर राखेर प्रयोग गरी जिल्ला भित्र वा अन्य जिल्लामा आवत जावत गर्नु पर्दा अनुमति पास आवश्यक नपर्ने।
 मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागि हुनु पर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिश सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेश गर्नु पर्ने ।

१० सीमा नाका सम्बन्धमाः
 सीमा नाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली सुचारु राख्न काँकडभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणालीसम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने गरी आवतजावत गर्न दिइने ।
 काँकरभिट्टा नाका बाहेक अन्य नाका तथा गौडाबाट नेपाल प्रवेशलाई पुर्ण रोक लगाउने ।
 काँकडभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने।

११ सभा सम्मेलनको हकमा
 सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार जस्ता कार्यहरु संचालन गर्न नपाइने ।

१२ विविध
 सञ्चारकर्मीरपत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना बिभागले जारी गरेको परिचय पत्र वा सम्बन्धित संचार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवत जावत गर्न दिने ।
 अत्यावश्यक उपयोग्य बस्तु वा सेवाको आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानून बमोजिम कडा कारवाही गर्ने।

१३ आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्यानउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here