भद्रपुरमा कपास उद्योगमा आगलागी हुदाँ १४ लाखबढीको क्षति

0
654

झापा।

झापाको भद्रपुर–५ स्थित मेची कपास उद्योग र मायङ्क स्टोर्समा आगलागी हुँदा लाखौं मुल्य बराबरको क्षति भएको छ ।

विद्युत सर्ट भएर सोमबार साढे ३ बजे उद्योगमा आगलागी भएको बताइएको छ । आगलागीबाट सात लाख मुल्य बराबरका इलेक्ट्रिक मोटर पार्टससहित मेसिन जलेको छ भनेएक लाख ५० हजार मुल्यबारको क्षति भवनमा भएको सञ्चालक मदन सहनीले जानकारी दिए ।

उनका अनुसार उद्योगमा रहेको कच्चा तथा पक्का सामान चार लाख र विद्युतीय सामान एक लाख बराबरको क्षति भएको सञ्चालक सहनीले बताए । विद्युतको भोल्टेज अत्याधिक आएपछि अचानक उद्योगमा आगलागी भएको उनको भनाई छ ।

आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here