मानवअधिकार समन्वय समितिमा पौडेल

0
444

पर्वत,

मानवअधिकार जिल्ला समन्वय समितिको संयोजकमा मनोहर बी पौडेललाई चयन गरिएको छ । ति गठन गरिएको हो । पौडेल जिल्ला समन्वय समितिको प्रमुखसमेत हुनुहुन्छ ।

समितिका अन्य सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, जिल्लाका सातवटै स्थानीय तहका प्रमुख, जिल्ला बार एशोसिएशनका अध्यक्ष चन्द्रबहादुर क्षेत्री, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सन्तोष थापा, गैसस महासङ्घका सदस्य दुर्गा नेपाली, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्लास्थित सुरक्षा निकाय र जिल्ला न्यायधिवक्ता रहेका छन् । समितिको सदस्यसचिवमा जिल्ला समन्वय अधिकारी सुरेश ढकाल रहनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा विश्वकर्मा

नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मालाई चयन गरिएको छ । विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय कमिटी निर्माण गरिएको हो ।

त्यसैगरी सदस्यहरुमा सन्देश लामिछाने, प्रताप आचार्य, सुमित विक, एलके पौडेल, सदीक्षा शर्मा पोखरेल, अमृत लम्साल, महेश भुसाल, अस्मिता परियार, सुरेश परियार, मीनु सापकोटा, जीवन परियार, सन्तोष पौडेल र युवराज पौडेल रहेका छन् ।

शाखा गठनका लागि आयोजित भेलामा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेल, प्रेस सङ्गठन नेपाल गण्डकी प्रदेश कमिटीका संयोजक गणेश पौडेललगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here