पत्रकार शिवाकोटी: पत्रकारितामार्फत कांग्रेस केन्द्रीय सदस्य

0
451

झापा,

पत्रकारितामार्फत नेपाली कांग्रेसको राजनीतिमा हाम फालेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा दोलखाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित शिवाकोटी आइतबार सम्पन्न मतगणनामा खुलातर्फ केन्द्रीय सदस्यमा एक हजार ८११ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको पोखरा अधिवेशनबाट महासचिव निर्वाचित हुनुभएका उहाँ हाम्रा कुरा डटकम अनलाइनका संस्थापक सम्पादकसमेत हुनुहुन्छ । कांग्रेसले आर्थिक विकासको एजेण्डा बोकेर देशलाई समृद्ध बनाउनुपर्ने विचारका साथ केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएका उहाँले आफू पत्रकारिता क्षेत्रमा अब नफर्कने बताउनुभएको थियो ।

पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएसँगै पत्रकार शिवाकोटी पार्टीकै सबैभन्दा कान्छो केन्द्रीय सदस्य बन्नुभएको छ । विसं २०३७ मा दोलखामा जन्मनुभएका शिवाकोटी पार्टीको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित केन्द्रीय सदस्य शिवाकोटीले अग्रजको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहनसहित कांग्रेसलाई अझ सुदृढ, गतिशील र समावेशी बनाउन आफू लाग्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रता र कलमको महत्वलाई थप सशक्त भएर पार्टीभित्र फैलाउने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here