दमक, विर्तामोड र आमचोक प्रदेश एक स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश

0
464

उत्तम रिजाल,
झापा, झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप अन्तर पालिका प्रदेश एक भलिबल प्रतियोगितको आज सम्पन्न खेलमा जीत हात पार्दै दमक नगरपालिका, विर्तामोड नगरपालिका र आमचोक गाउँपालिका भोजपुर प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् । दमकले उपाधि दाबेदार मानिएको षडानन्द नगरपालिका भोजपुरलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

दमकले षडानन्दलाई २५–१४, २५–२२, १०–२५ र २६–२४ को सेटमा पराजित गरेको थियो । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका दमकका प्रकाश लिम्बु म्यान अफ दि म्याच घोषित भए । त्यस्तै दोश्रो खेलमा विर्तामोड नगरपालिका झापाले झापाकै भद्रपुर नगरपालिकालाई पराजित गरेको थियो । उसले भद्रपुरमाथी २२–२५,२५–१७, २०–२५, २५–१३ र १५–११ जित हात पारेको थियो । सो खेलमा विर्तामोडका विमान खड्का म्यान अफ दि म्याच घोषित भए । त्यस्तै अन्तिम क्वाटरफाईनलमा झापाको कमल गाउँपालिकामाथी जित हात पार्दै भोजपुरको आमचोक गाउँपालिका सेमिफाईनलमा प्रबेश गर्यो । उसले कमललाई २३–२५, २५–२०, २५–२० र २५–२१ ले पराजित गरेको थियो । खेलको म्यान अफ दि म्याच पराजित कमल गाउँपालिकाका कप्तान सुमन राना मगर घोषित भए ।

शुक्रबार पहिलो सेमिफाइनलमा दमक नगरपालिका झापा र आमचोक गाउँपालिका भोजपुरबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोश्रो सेमिफाइनलमा आयोजक झापा गाउँपालिकाले विर्तामोड नगरपालिकाको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार तथा उप–विजेताले नगद एक लाख हात पार्नेछ । त्यस्तै सेमिफाइनलबाट बाहिरीने टोलीले पन्ध्र–पन्ध्र हजार प्राप्त गर्नेछन् । जनता माविको खेल मैदानमा जारी प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो । प्रतियोगितामा प्रदेश १ का १६ टिमको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here