युग परिवर्तनको बाटो पर्यटन हो: मुख्यमन्त्री राई

९ पुष २०७८, शुक्रबार मा प्रकाशित

 

विमल दहाल,
माई,

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले युग परिवर्तन र सामाजिक विकासको बाटो पर्यटन भएको बताउनुभएको छ। पर्यटन प्रवर्द्धन विकाससंगै आर्थिक क्रान्ति सफल हुने राईले बताउनुभयो ।

इलामको माई नगरपालिका-१ विहिबारेमा प्रथम १३ कुने सिमसार महोत्सव २०७८ को उद्घाटन गर्दै मुख्यमंत्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान पुर्याउने बताउनुभयो । समाज विकासको चरणमा आर्थिक क्रान्ति गर्न पर्यटन विकासबाट मात्र सम्भब रहेका भन्दै मुख्यमन्त्री राईले हाम्रा संस्कृति, खानेकुरा, पहिरन, प्रकृतिक कुरा बेच्न सके पर्यटनबाट आर्थिक श्रोत भित्रीने दाबि गर्नुभयो। प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको ओरजिनल रुप संरक्षण गरेमा मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाई छ ।

विहिबारदेखि शुरु भएको महोत्सव उद्घाटन समारोहमा बिशेष अतिथि प्रदेश सभा सदस्य काजीमान कागतेले प्रदेशको बजेट गडबडी हुने गरेको भन्दै अब त्यस्तो हुन नदिने बताउनुभयो । वहाँले १३ कुने सिमसार पर्यटनको न्वारन आज भएको भन्दै यसको विकासमा राज्य लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

अर्को बिशेष अतिथि माई नगरपालिकाका मेयर दिपक कुमार थेवेले सम्वृद्ध र सम्पन्न माई नगर बनाउन प्रकृति र संस्कृतिलाई बेचेर आर्थिक आर्जन गर्न लागिएको बताउनुभयो। वहाँले ७८ जिल्लाका मानिसको बसोबास रहेको माई नगरपालिकामा बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय बसोबास रहेकोले प्रर्यटन प्रर्बद्धन गर्न प्रदेश सरकार संग हालेमालो गर्न तयार रहेको बताउनुभयो।

चार दिन सन्चालन हुने महोत्सवको उद्घाटन समारोहमा नेकपा एकिकृत समाजबादिका जिल्ला अध्यक्ष भक्त केसी, इलाम नगरपालिका-११ का वडाध्यक्ष रविन एक्तेन, माईका वडाध्यक्षहरु पदम फागो, लिला कुमार राई , मुखराज आङदम्मबे, नेकपा एमाले माई नगर कमिटि सदस्य ईश्वर राई, नेकपा माओवादी केन्द्र माई अध्यक्ष धनकुमार लिम्बु, जनता समाजबादी पार्टी माई अध्यक्ष टुपेन्द्र एक्तेन, नेकपा एकिकृत समाजबादि नगर अध्यक्ष अनिल कुमार तामाङ्ग लगायतले महोत्सव सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आयोजक १३ कुने सीमसार क्षेत्र व्यवस्थापन समितिका सचिब गोबिन्द सोताङले सिमसार क्षेत्रको एेतिहासि तथा पौराणिक महत्वको जानकारी प्रस्तुत गर्नुभएको कार्यक्रमको अध्यक्षता अध्यक्ष करसिंह राईको गर्नुभएको थियो। मुख्य मन्त्री राईले लिम्बुजातिको च्याब्रुङ बजाएर उद्घाटन गरेको महोत्सवमा उराउ, राई, सुनुवार र लिम्बु समुदायको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

विहिबार शुरु भएको महोत्सवमा स्थानीय परिकारहरु वाचिपा, कोदोको रोटी, ढिडो, गुन्द्रुक, तङ्वा लगायतका परिकार चाख्न पाईने आयोजकले जनाएको छ। चुरे क्षेत्रमा रहेका १३ कुने सीमसार क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रम , खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । करिव सय रोपनी क्षेत्रमा फैलिएको सीमसार क्षेत्रमा रहेको पोखरीमा डुंगा चड्ने व्यवस्था समेत रहेको छ । स्थानीय बरभञ्यङ्ग सामुदायिक वन उपभोक्ता समूह सह आयोजक रहेको महोत्सव आगामी पुष ११ गते सम्म सञ्चालन हुने भएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here