विचौलियामा संलग्न ३ जना पक्राउ

९ पुष २०७८, शुक्रबार मा प्रकाशित

पथरीशनिश्चरे,
मोरङको विराटनगर महानगरपालिका वडा नं-४ स्थित उपचारका लागि आएका सर्वसाधारण मानिसहरूलाई ढगी गर्ने दुई जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
पक्राउ परेका उनीहरुको सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारणलाई दुस्ख हैरानी दिने इलामका ईलाम नगरपालिका वडा नं ८का २० बर्षे सागर राई, खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं ८ बस्ने २४ वर्षे बिशाल राई र मोरङको विराटनगर महानगरपालिका वडा नं ५ बस्ने १९ वर्षको मोहमद सेराजलाई पक्राउ गरेको हो ।
निजहरूउपर थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
साथै , यस्तो किसिमको ब्यवहारबाट अरू कोहि पनि पीडित हुनु भए वा हुन गई रहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here