[माया शर्मा] जीवन यात्रा धेरै लामो हुदो रहेछ । यात्रामा थरी थरिका बाटा, खोलानाला, भिरपाखाहरु आउछन । सह्यात्री नि धेरै भेटिन्छन । कुनै कुनै यात्रा साचै नै अविस्मरणिय हुन्छ । धेरै पछी मलाई नि यस्तै सम्झना आएको छ ।
बिहानै म बसेको डेरामा आएको फोनले मलाई बिउझाउछ । म फोन सुन्न जान्छु । बहिनिको आवाज आउछ । म घर आउनु रे तुरुन्तै । किन भन्दा बालाई क्यान्सर भन्यो रे डाक्टरले । मलाई बिस्वास लाग्दैन म बुझ पचाउछु किन कि मलाई आज लोकसेवा को परिक्षा फरम भर्नु छ आज नै । म र मेरो १ जना साथी ३ बजे फरम बुझाउछौ । अनि म डेरा फर्किन्छु र अचानक उठेर झोला प्याक गर्छु र घर हिड्छु जबकी गाडिको समय छैन र म बिर्तामोड्बाट भद्रपुरको गाडी पाउदिन भन्ने थाहा हुन्छ मलाई ।के गर्नु ? मनले मान्दैन रहेछ । सन्जोगले भद्रपुर आउने गाडी नि भेट्छु बिर्तामोड्बाट र घर नि पुग्छु ।
बि पि प्रतिस्ठानको डाक्टरको कागज हेर्छु अनि बालाई बुझ पचाउदै केहि छैन, चिन्ता गर्नु पर्दैन भन्छु र भोली पल्ट धरान गएर बायोप्सी गराउछु र फर्किन्छु । एक हप्ता सम्म छट्पट्टिन्छु तर कसैलाई केहि भन्दिन । रिपोर्ट लिन जान्छु एक हप्ता पछी र रेपोर्ट पनि पोजेटिव देख्छु । डाक्टरसँग कुरा गर्छु बालाई बहिर राखेर । डाक्टरले अप्रेशन तुरुन्तै गर भन्छ । म बाटो भरी बा लाई सानो कुरा हो केहि छैन ठिक हुन्छ भन्दै घर फर्किन्छु । बा का एकजना साथी पि एस साहेवालालाई र अर्को साथी एस एन तायल लाई बालाई सम्झाउन भन्छु । अप्रेशनको लागी तयार पार्न भन्छु ।एक जना दाई ले टाटा मेमोरियल जौ भन्छन र म र अरुण दाई बा लाई लिएर मुम्बई पुग्छौ ।
अस्पतालाले टेबलामा तुरुन्तै १ लाख राख्न भन्छ किनकी म भारतीय नगरिक हैन, म त बिदेशी हु ।मैले १ दिन समय माग्छु तर उपचार तुरुन्त थाल्न भन्छु तर उनिहरुले मान्दैनन । अस्पतालको सुपरिटेन्ड सँग समेत भिड्न पुग्छु तर मेरो केहि लाग्दैन । ल भो अब नेपाल फर्केर चितवन नै जौ भन्छु र भोली पल्ट करीब चार घन्टा फर्किनलाई रेलको टिकेट लाईन मा उभिन्छु । १५ दिन सम्म फिर्तिको टिकेट छैन रे भन्छन । मेरो खुट्टा र मुटु काम्छ किनकी क्यान्सर के हो र बा को अवस्था के हो मलाई थाहा छ । म फेरी नेपाल फोन गर्छु पि एस साहेवालालाई । उनको मुम्बई बस्ने एक जना नातेदारले जस्लोक हस्पिटल मा उपचार मिलाउछ । करीब १ महिना म त्यहाँ बस्छु र बा लाई केमो दिएर महगी धान्न नसक्ने देखेर डाक्टरको सल्लाह्मा अरु केमो नेपालामा नै दिन्छु भनेर केमो औषधी किनेर म घर फर्किन्छु ।
दिन बित्दै जान्छ । निद्रा लाग्दैन मलाई र राती आफैसँग कुरा गर्दै कती खेर निदाउछु भन्ने पत्तै पाउदिन । बहिनिको बिहे छिनिएको छ , समय छैन चाडै हुन पाए हुन्थ्यो भन्छु आफुलाई र त्यस्कै कोसिसमा लाग्छु ।दशैताका सफलता पुर्वक चितवन गएर बा लाई अर्को केमो नि दिन लाएर घर फर्किन्छु ।
समाज न हो समय बिग्रदा सब बिग्रदो रहेछ । केटालाई मोटर साइकल चहियो रे । कुरो धेरै बिग्रेको रहेछ जुन ब्लग्मा लेख्न समेत मिल्दैन । कुरा मिलाउन बहिनी लिएर केटाको घर पुग्छु र कुरो मिलाउछु । बाटो भरी बा लाई केहि न भन है बहिनी भन्दै घर पुग्छु तर आफ्नै दुख ठुलो लाग्छ र बहिनी ले सबै कुरा बा लाई भन्छिन ।
बिहान २ बजे आमाको आवाज र ढोकाको ढक्ढक ले निद्रा खुल्छ । बा केमोले कम्जोर हुनु भएकोमा तलको कोठामा सर्नु भएको थियो किन कि सिढी उक्लिन ओर्लिन गार्हो थियो । म तला गए अनि बा लाई हेरे मुख सुन्निएको थियो । भुइमा टब थियो , टब भरी रगत नै रगत , भुइ भरी रगत नै रगत , बा को लुगा भरी रगत नै रगत जुन अझै मुख बाट बगी नै रहेको थियो ।मेरो सारा शरिर थरर काम्छ, आफुलाई सम्हाल्छु र तुरुन्तै एस एन तायल लाई फोन गरेर उन्को गाडी लिएर बा लाई लिएर म, आमा र अरुण दाई चितवन पुग्छौ । भोली पल्ट बिहान डाक्टरहरु सँग कुरा हुन्छ । अब जती बेला जे नि हुन्छ रे , कुनै उपाय छैन रे । बाहिर लानुस रे । अनि मैले यस्तो अवस्थामा त प्लेनमा नि लान मिल्दैन, यात्रा गर्ने अवस्थामा ल्याइ दिनु म बाहिर लान्छु भने ।
म तल आउछु र अरुण दाइसँग भक्कानिन्छु र उनलाई घर फर्किन भन्छु ।फेरी मुख धोएर माथी जान्छु अनि रेडिएसन थेरेपी गर्दा रोगी टेबलामा नि मर्न सक्छ भन्ने फरम साइन गर्छु । डाक्टरले बि पोजेटिव रगत लिएर आउनुस भन्छन । म आमालाई एक छिन मा आउछु भनेर लज फर्किन्छु र अन्तिम समयमा सबै एक हुन भन्ने बा लाई देखाउन नातेदार भन्ने हरुलाई फोन गर्छु एक पटक बा लाई सक्छौ भने भेट भनेर ।
त्यसबेला कसले के के भने त्यो यहाँ लेख्न आवस्यक छैन । समयले मान्छे चिनाउछ र यो सत्य हो ।
यसै क्रममा काठ्मान्डु बस्ने हरिश दाई लाई नि फोन गर्छु र उ तुरुन्तै गाडी चढ्छ । म मेरो भाई लाई नि भद्रपुर फोन गर्छु, त भोली आइज , आमा सँग बस म फर्किन्छु अनि बहिनी को बिहे छिटो सकाउने कोसिस गर्छु भनेर ।
चितवन बस्ने क्रम मा एस एन तायल का भाई डाक्टर अशोक तायल ले मलाई आफ्नो मोटर साइकल देका थिए । म त्यो लिएर रगत लिन जान आट्छु तर म बसेको लजको दाई ले मलाई रगत नभेटे आफ्नै निकाल्नु पर्दा एक्लो मोटर साइकल लिएर फर्किन गर्हो हुन्छ भनेर रिक्सामा जाने सल्लाह दिए । उनको कुरा सही लागेर म रिक्सा चढेर चितवन मिडिकल अस्पताल तिर लाग्छु ।
भयन्कर झरी परी रहेको छ । ठाउ ठाउमा फुटेका बाटाहरुमा रिक्सा कुदाउदै ति रिक्सावाल ले करीब ३०-३५ मिनेट्मा मलाई अस्पताल पुर्याउछन र म रगत लिने ठाउमा पुग्छु । बि पोजेटिव रगत छैन रे । उसो भए मेरो झिक्नुहोस भन्दा, रोगी तपाईंको को हो सोध्छन । मैले ति मेरा पिता हुन भन्छु । म सँग बि पोजेटिव रगत हुने प्रमाण माग्छन नभए फेरी टेस्ट गर्नु पर्छ भन्छन । धन्न चालक प्रमाण पत्र बोकेको छु र त्यहाँ रगत समुह लेखेको हुन्छ र दिन्छु । बिहान देखी १ गिलास पानी पनि खाएको छैन तर त्यहाँ कारीब २ घण्टा जती समयमा रगत झिकेर यौटा प्लस्टिकको ब्यागमा हालिन्छ अनि मलाई दिइन्छ । म त्यो पोको बोकेर परी रहेको झरी र बाढी आए झै पानी भरिएको त्यो अस्पतालको हाथमा खोला तरे झै हिड्छु अनि बल्ल यौटा रिक्सा भेट्न सफल हुन्छु ।
पानी पर्न अलि अलि रोकिन्छ र म बल्ल चितवन क्यान्सर अस्पताल पुग्छु । दिउसोको करीब साडे तीन बजी सकेको हुन्छ । म रिक्साबाट तल झर्छु र हरिस दाई लाई नि टेम्पुबाट तल झरेको देख्छु । पहिले रगत दिउ अनि कुरा गरौ भन्छु अनि दुबै दाई बहिनी बा भएको वार्ड तिर लाग्छौ अनि रगत नर्सलाई दिन्छु ।खुट्टा र कम्मर दुखेर घिसृने अवस्था भएको हुदो रहेछ मेरो । आमाले मलाई छोडेर कहाँ हराएको भन्दै गाली गर्न थाल्छिन तर हाथमा भएको रगत आफ्नै रगतको पोको हो भन्ने थाहा पाएर आराम गर भन्छिन । म भने त्यही लड्ने स्थितिमा रहेको छु । बा ले दाई लाई जुस लिएर आउन भन्छन र दाई ले जुस किनेर ल्याउछन र मलाई त्यो जुस खान दिन्छ्न । म त्यो जुस खान पनि न सक्ने हुँदा हुँदै अलि कती खान्छु किन कि बमन हुन आटे जस्तो हुन्छ ।
दाई लाई लिएर म लज फर्किन्छु र सबै कुरा भन्छु र म भोली घर जान्छु भन्छु । ल म यहाँ हुन्छु भोली भाइ नि आउछ त जा , बहिनी को बिहेको तयारी गर भनेर दाई ले भन्छन । भोली पल्ट बिहानै म बिदा हुन्छु । बसमा यात्रा गर्दा समेत भिजेका आखा अरुबाट लुकाउदै घर पुग्छु । बिच बाटोमा खान खाने ठाउमा भाई लाई नि देख्छु । ल म हिडे उ आयो भनेर चित्त बुझाउछु र राती घर पुग्छु ।
बा को स्थिती ३-४ दिनमा राम्रो भो भन्ने खबर पाउछु र फेरी चितवन पुग्छु र दाई लाई फर्किन भन्छु र भाई लाई नि घर पठाउछु ।
बा ले तिहार मनाउन घर जाने भन्न थाल्छन । मेरो छोरिको बिहे छ छुट्टी दिनुस अस्पतालबाट डाक्टरलाई भन्न थाल्छन । बा ले म सँग घर लादैनस तैले भनेर झगडा गर्न खोज्छन । म बिरक्त भएर गरामुनिको यौटा एम्बुलेन्स भेटेर राती २ बजे बा लाई घर पुर्याउछु । भोली देखी नै बा निभ्नु अगाडिको दियो झै एक्दम तत्पर हुँदै सर सफाइको काम अरुलाई छोरिको बिहे भन्दै लाउदै र भाई लाई मोटर साइकल चलाउन लाउदै र आफु पछाडी बस्दै भए न भएका भद्रपुरका सबै मान्छे लाई भेट्न थाल्छन ।मैले आराम गर्नु भन्दा यो आराम गर्ने बेला हैन भन्छन ।
म नि बुझ पचाएर केहि भन्दिन । तिहार आउछ । दियो त बाल्छु तर मन भित्र बली रहेको ताप कसैलाई देखाउने अवस्था हुँदैन मेरो । भाई टिकाको भोली पल्ट बा लाई फेरी चितवन पुर्याउछु । यस पटक भाई र आमा पनि सँग लान्छु । भोली पल्ट आफु फर्किन खोज्छु तर बा ले नाक मा लाउने फुड पाइप तैले आफु हुँदै लगाएर जा भन्छन र म डाक्टर कुर्न त्यो दिन बस्छु । बेलुका डाक्टरले पाइप लाई दिन्छ । ल बा अब म घर गए । भाई र आमा यहाँ छन । बहिनिको बिहे को दिन वा एक दिन अगाडी तपाईंलाई लिएर आउछन है यिनिहरुले । म बहिनिको बिहे को तयारी गर्नु पर्छ नि भन्छु । बा का ति नबोलेका आखा आज पनि बिर्सिन सकेको छैन मैले । उनले मलाई जा पनि भनेनन , नाइ पनि भनेनन ।
मलाई पनि थाहा भएन कि त्यो दिन मेरो र बा को अन्तिम भेट हो भनेर ।म रसाएका आखा लिएर घर आउछु । दिन भरी बहिनी को बिहे को तयारी गर्न व्यस्त हुन्छु र राती आफु सँग कुरा गर्दै निदाउने कोसिस गर्छु । म पुगेको सोमबार । हरेक बेलुका अस्पतालको वार्डमा फोन गर्छु । मंगलवार बेलुका बा ले बमन गर्नु भो भन्दा जिउ सिरिङ्ग हुन्छ मेरो । बुधवार जान्छ, बिहिबार आउछ । बिहिबार आमाले तेरो बा लाई अलि धेरै समस्या भो जस्तो छ भन्नु हुन्छ र म त्यहाँ आउनु पर्छ भोली भन्दा पर्दैन भन्नु हुन्छ । भोली पल्ट शुक्रबार ३ बजे दिउसो मलाई फोन आउछ त तुरुन्तै आइज , आमाले भन्नु हुन्छ । म अहिले कसरी आउ ? मोटर साइकल मा आउन नि गार्ही छ यती बेला । ल म भोली बेलुका आइ पुग्छु भन्छु ।
म तुरुन्तै अग्नी यातायातको टिकट काट्छु ।भद्रपुरको रेड्क्रस जान्छु र रगत उपलब्ध गराइ पाउ भन्ने निवेदन पत्र साइन गरेर लिएर आउछु किन कि भाई ले रगत पाइ रहेको छैन र बा लाई रगत चाहिएको छ । शुक्रबार एक जना त्यहिको मान्छेले दियो रे र भाई ले आफ्नो नि दियो । अझै चाहिने भो भन्छ । म सकी न सकी निदाउछु ।
बिहानै मेरो कोठाको ढोका ढक ढक हुन्छ । ल हिड्ने बेला भो क्या रे भनेर ढोका खोल्छु । बहिनी ले चितवनबाट फोन आयो भन्छिन । म जिरिङ्ग हुन्छु । फोन लजको दाई ले गर्नु भएको रहेछ ।बा लाई सार्हो भो रे छिटो आउनुहोस रे । म बेलुका पुग्दै छु भने । ति दाई ले हैन तपाईं प्लेन मा आउनु । १० बजे भित्र पुग्नुस रे । ल म कोसिस गर्छु भने । मैले प्लेन भद्रपुर त के बिराट्नगर बाट नि नपाउने भए । म एस एन तायल को मा गए ।लक्ष्मी आन्टी सँग मुटु फुट्ने गरी रोए । फेरी उठे अनि फर्केर आए । घर मा फेरी फोन आयो भने । फेरी फोन गरे लजमा फोन उठेन । अब वार्ड्मा गरे । माया दिदी बोल्नु भएको हो भनेर आवाज आयो । मैले हो भने । एक छिन है भनिन तीनले । फोन अर्को नर्सलाई दिइन ।
मैले ९५ को पेसेन्ट भने । तीनले वहाँ त एक्स्पायर हुनु भो भनिन । मैले ए हो भने अनि फोन राखे ।घरमा फुपु र २ जना बहिनी थिए । केहि बोलिन । बाहिर निस्के । लाश ल्याउने ब्यवस्था मिलाउन गए । पछी लजका दाइ ले मलाई तपाईं आउनु पर्दैन ।उनको मामाको गाडी र मामा नि सङ्ग पठाउछु भने । चिन्ता नगर्नु ३ बजे सम्म आइपुग्छन भने । म फर्केर आए , रुने फुर्सद भएन ।फोन डाइरी लिएर सबैलाई फोन गरे । घर फर्के । बिरगन्जबाट आमाको दिदी भिनाजु नाइट बस चढेर बहिनी को बिहेमा सघाउन आएका रहेछन । बाहिर मानिसको भिड देखेर कुरो थाहा पाउनु भो अनि ठुलो ममी रुदै भित्र छिर्नु भो त्यस पछी बहिनी हरु ले थाहा पाएका रहेछन । उनिहरु मुर्छित हुन थाले । तर म यस्तो ढुङो भए मलाई कुनै भावना नि आएन ।
३ बजे तिर लास आयो र त्यो बिभ्त्स्य दृश्य यो आखामा आज सम्म नाची रहेछ । म बा लाई रोग लागेको देखी त्यो ३ महिना यती रोएको रहेछु कि अन्तिम यात्राको त्यो दिन आशु नि सुकी सकेको रहेछ ।
समय आयो गयो । मैले काटेका दिन कटी सकेको नि ८ बर्ष भयो । त्यस बेला मलाई साथ दिने एस एन तायल जसले पहिले पनि मेरो सैक्षिक यात्रामा पनि रिण सहयोग गर्नु भएको छ र पि एस साहेवाला ले मेरो सिर माथी राख्नु भएको हाथ म कहिले नि बिर्सिन सक्दिन ।मलाई मुर्तिमा बिश्वास नि छैन, मेरो गलती बाहेक म कसैको अगाडी झुक्दिन किन कि म सन्सारको नजरमा सायद घमन्डी छु, तर यदी मैले मेरो सिर झुकाउनु नै पर्छ भने मेरो सिर यि दुइ ब्यक्तिका अगाडी जहिले पनि निहुरिनेछ । यस बाहेक मैले रिण त तिरे तर त्यस बेला मैले नबोलेका बोली बुझ्ने इन्दु भाउजु र सकु दिदी को सहयोग म कहिले पनि बिर्सिने छैन ।
त्यस बेला मेरा केहि मित्रहरु ले आफ्नो शब्द मार्फत मलाई दिएको साहस अझै म भित्र जिउदै छ । म उनिहरुको भावनात्मक रिण पनि यो जन्ममा तिर्न सक्दिन । फेरी रिणी हुनु परे नि म आफुलाई भागयमानी ठान्छु ।भद्रपुर