धरानका डीएसपी कुँवर फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

0
478

झापा । 

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

धरान ४ स्थित कोशी राजमार्ग जङ्गलमा पुरूष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टिएको अवस्थामा फेला परेको घटनाको उत्कृष्ट अनुसन्धान गरी मृतकको पहिचान खुलाउन सफल भई उक्त घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कुँवरलाई पुलिस अफ द मन्थबाट सम्मानित गरिएको हो ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय (क) स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राखिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here