खुल्दैछन् मैथिली महिलाहरु

0
675

झापा, कला, संस्कृति र साहित्यमा धनी मानिने मै थली समाजका महिला बिस्तारै खुल्दै गएका छन् ।
अधिकांश समय घरकै सुसेधन्दामा रमाउने मैथिली समुदायका महिला अहिले विस्तारै बाहिर निस्कन थालेका हुन् ।
धार्मिक तथा सांस्कृतिक पर्वहरुको अवसरहरूमा आफ्नो कला भित्ता र आँगनमा सजाउन रमाउने यो समुदायका महिलाहरु अहिले सार्वजनिक सभा समारोहमा समेत सरिक हुन थालेका छन् ।
विहीवार बाह्रदशी गाउँपालिका–३ स्थित राजगढमा मैथिली समुदायका महिलाले सार्वजनिक कार्यक्रमको आयोजना गर्दै होली मिलन समारोह नै मनाए । यसअघि यो समुदायका महिलाले आफ्नो नेतृत्वमा कमै मात्रामा यस्ता कार्यक्रम गर्दै आएको बताइन्छ ।
राप्रपाका अध्यक्ष तथा झापा क्षेत्र नम्वर ३बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा आयोजित होली मिलन समारोहमा मैथिली समाजका महिलाले एकापसमा रंग दलेर होलीको शुभकामना साटासाट गरे । राजगढस्थित
पुरानो बजारमा रहेको सामुदायिक अध्ययन केन्द्रको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बाह्रदशी गाउँपालिका भित्रका अन्य समुदायका महिलाहरुको समेत सहभागिता रहेको थियो ।
बाह्रदशी गाउँपालिकास्तरीय मैथिली समाज झापाकी अध्यक्ष गायत्री साहको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी नन्दकुमार कुँवरले मैथिली समुदायको कला, संस्कार, संस्कृति र साहित्यका विषयमा प्रकाश पारेका थिए । उनले आदिमकालदेखि मैथिली समुदायको बसोबास नेपालमा रहेको र कला, साहित्य, धर्म र संस्कार, संस्कृतिमा यो समुदाय धनी हरेको बताएका थिए ।
कार्यक्रममा पूर्वमन्त्री टेकनारायण राजवंशी, प्रदेश सांसद पूर्णसिंह राजवंशी, संविधानसभा सदस्य हरि राजवंशी, कंग्रेस नेता भगीरथ पोद्दार लगायतले मैथिली समाजको धर्म, संस्कार संकृति र छठ पर्वका विषयमा प्रकाश पारेका थिए । वविता साहले स्वागत गरेको कार्यक्रमको सञ्चालन पिङ्की साहले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here