मेचीनगरलाई देशकै नमूना नगर बनाउछौं–इन्द्रबहादुर बुढाथोकी

0
457

प्रकाश उप्रेती,
मेचीनगर।

तीन दलीय मेचीनगरका गठबन्धनका नगरप्रमुख पदका उम्मेद्बार इन्द्रबहादुर बुढाथोकीले मेचीनगरलाई देशकै नमूना नगर बनाउने बताएका छ्न् ।

स्थानीय तहको चुनावी घरदैलो अभियानका क्रममा बुढाथोकीले आफ्नो टिमलाई जनताले जिताए जनमुखी बिकासका कार्यक्रम गर्दै नमूना र समृद्ध शहर बनाउने बताएका हुन् । स्वास्थ्य क्षेत्र ज्यादै संबेदनसिल भएकाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने नागरिकको मौलिक हक सुनिश्चित गर्ने उनको प्रतिबद्धता थियो । सम्पूर्ण वडामा स्वास्थ्य संस्था स्थापना गरी आवश्यक औषधि एवम् औषधीजन्य सामग्रीको आपूर्ति र उपलब्धता सुनिश्चित गरी निशुल्क सेवा प्रवाह गर्ने उनको भनाई थियो ।

उपमेयरका उम्मेद्बार प्रकाश भण्डारीले जनताको करबाट उठेको राजस्वको रकमलाई भ्यु टावर, स्वागत द्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने उत्पादनमुखी र जनमुखी कार्यक्रम गर्दै नगरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाए । मेचीनगरलाई समृद्ध नगर बनाउन सुशासनतर्फ नगरपालिकालाई सुशासन प्रदान गर्न भ्रष्टाचार र अनियमिततालाई शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गरेका थिए ।

उनले ठूलो बलिदानपछिको लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्दै जनताले तिरेको करलाई उनिहरुकै बिकास समृद्धिमा खर्चिने भण्डारीको उद्घोष थियो । नगर प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी र जवाफदेही बनाउँदै जनताको कामलाई सहज ढंगले सम्पादन गर्ने उनको भनाइ थियो ।

‘महिलासँग उपप्रमुख कार्यक्रम’ मार्फत् विपन्न परिवारका महिलालाई सुत्केरी हुँदा सुत्केरी पोषण सामग्री उपलब्ध गराउने, (छोरी– बुहारी शिक्षा कार्यक्रम) लागु गरिने समेत उनको भनाई छ । बैशाख १८ गतेबाट सुरु गरिएको जनताको घरदैलो चुनावी कार्यक्रम २१ गतेसम्म सबै वडाका टोलटोलमा पुगिसकेको माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले बताए ।

मेचीनगर १० नम्बरमा वडाअध्यक्ष इन्द्रबहादुर आङ्दन्वे र सदस्यहरु सन्ध्या बिश्वकर्मा, चन्द्रकुमारी राई, चन्द्र तिवारी, पदम कट्वालले धुलाबारी बजार, सबै टोलमा घरदैलो अभियान तिब्र बनाएका छन् । त्यस्तै वडा १४ मा वडाअध्यक्ष बाबुलाल सुब्बा, गोपिराज मैनाली, सीता राजबन्सी, दिपक सुबेदी, रिना सेवा सदस्यले पनि कुनै प्रवाह नगरी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको प्रचार बिभागका मुनिलाल राजवंशीले बताए ।

प्रगतिटोलबाट सुरु गरिएको अभियान पाथीभरा टोल, घरघारी, प्रणामिटोल, प्रत्रसेनबारी, रंगशाला गाउँ, दुहागडी चोक, धाइजनमोड लगायतका टोलम चुनावी घरदैलो अभियान जारी गरेको छ । १३ मा वडाअध्यक्ष श्रीराम मरासिनी सदस्यहरु दिलकुमार राजवंशी, फुर्वा लामा, पुस्पा बोखिम, रिता सेवाले चारआली बजार, तेलिबरी, सिग्द्ल गाउँ, कृष्ण टोलमा अभियान जारी गरेको छ ।

मेचीनगरको वडा १२ वडाअध्यक्ष नगेन्द्र धिमाल र सदस्यहरु रोनलाल मेचे, राजकुमार मेचे, शान्ति भुजेल, लिला बराइलीले गाउँटोलका वृद्धबृदाको पाउ पर्दै अभियानलाई जारी राखिएको जनाइएको छ । ११ मा गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेद्बार अध्यक्ष शान्तिराम चिमरिया, अनिता राजबन्सी, कुमार मेचे, कालिबहादुर खेवाङले सबिक धाइजनको १,२,३ मा चुनावी अभियानलाई शसक्त बनाएको छ ।

२ मा अध्यक्ष गोपिराज रिजाल, सदस्यहरु हरिनारायण नेउपाने, धनबहादुर राई, शुस्मा सुबेदी, अमृता बिश्वकर्माले प्रत्येक टोलको समस्या बुझ्दै समाधान गर्ने प्रतिबद्धता सहित चुनावी अभियान जारी राखेका छन् ।

३ मा वडाअध्यक्ष बाबु खड्का र सदस्यहरु खड्गसुन्दर सम्बहाम्फे, रविन्द्रप्रसाद राई, फुलमाया बिस्वाकर्मा, कल्पना नेपाली, दिलेन्द्रकुमार शेर्मा, ४ माअध्यक्षमा निरज घिमिरे, मन्जिता तामाङ, बिमला दर्जी, खगेन्द्र विक, रेगन थापाले टोल टोलमा अभियानलाई निरन्तरता दिएका छ्न् ।

५ मा अध्यक्ष पुनः योगेन्द्र थापा मगर र सदस्यहरु सुभाष लिम्बू, दुर्गा आचार्य, रमेश उप्रेती, चन्द्रकला बिश्वकर्माले दिनहु घरदैलो अभियानका क्रममा आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् ।

६ मा वडाअध्यक्ष ललितबहदुर तामाङ , सदस्यहरु जितबहादुर बस्नेत, ओमप्रकाश खापुङ, शशी राई, अञ्जली बिकले काकर्भिटाका सबै घरकोठा, गल्लीमा पुगेर चुनावी अभियान तीब्र बनाएको छ ।

८ मा वडाअध्यक्षमा गिरिराज धमला, हरदेब राजबन्सी, पिगला बार्हकोटी, पवनलाल मेचे, तुलसा नेपाली, ९ मा वडाअध्यक्षमा उद्द्ब बानिया, सदस्यमा डिल्लीरा लिम्बु, भक्तिप्रसाद आचार्य, मन्जु कटेल, लक्ष्मी परियारले पनि आआफ्नो वडामा चुनावी अभियानलाई तिब्र बनाएको मेचीनगर प्रचारप्रसार समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here