राजगढ र पाँच विघेको साधारण सभा सम्पन्न

0
489

राजगढ, असोज ३१ । राजगढ सहकारी संस्था लि कोpurwanchal १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
राजगढ गाउँ विकास समितिका सचिव तेजप्रसाद रेग्मीको प्रमुख अतिथ्य र सहकारीका अध्यक्ष रमेशप्रसाद अधिकारी सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । ८० जना सेयर सदस्य रहेको सहकारीको कूल कारोवार एक करोढ १० लाख बढी रहेको कार्यक्रममा जानकारी दिइयो । सहकारीका व्यवस्थापक सुरेनलाल राजवंशीले सञ्चालन गरेको कार्यक्रममा
ओमनारायण राजवंशी,भीमवहादुर कार्की, काशीप्रसाद राजवंशी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत सहकारीका सल्लाहकार ओमप्रकास गौतमले गरेका थिए ।
उता बुधबारे –२ स्थित  पाँच विघे समृद्धि वहुध्येश्य सहकारी संस्थोको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । डिभिजन सहकारी झापा का कार्यलय प्रमुख डिल्लीप्रसाद दहालको प्रमुख आतिथ्य तथा पाँच विघे वहुउद्देश्यीय सहकारी संस्था कि अध्यक्ष रीता सिग्देल (निरौला ) को सभापतित्व मा सम्पन्न कार्यक्रममा आदर्श उच्च मावि का व्यवस्थापन समिति का अध्यक्ष तारानाथ अधिकारी ,पत्रकार दीपिन राई , महिला सचेतना वडा मञ्च कि अध्यक्ष सीता पौडेल , बुधबारे
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष ध्रुव ओली लगाएत को आतिथ्य रहेको थियो ।
पाँच विघे वहउद्देयीय सहकारी  संस्था कि लेखा समिति संयोजक चन्द्रकला भट्टराईले स्वागत मन्तब्य राखेकी थिइन ।
ेकार्यक्रममा डिभिजन सहकारि झापा का कार्यलय प्रमुख डिल्लीप्रसाद दहाल, आदर्श उच्च मावि का व्यवस्थापन समितिका अध्यक्ष तारानाथ अधिकारी ,पत्रकार दीपिन राई , लगाएत सहभागीले  सहकारी संस्थाहरु उत्पादनमुखी  पर्नेमा जोड दिइएका थिए ।
सहकारी संस्थाका सचिव राजकुमार श्रेष्ठले आर्थिक वर्ष २०७०÷२०७१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा संस्थाको भावि कार्यक्रमहरुको जानकारि दिए । त्यस्तै लेखा समिति संयोजक चन्द्रकला भट्टराईले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै उक्त आर्थिक वर्षमा संस्थाले २,८१,६२० रुपैया आम्दानि गरेको थियो भने २,४४,४३८रुपैयाँ खर्च गरेको बताइन् ।
सोही कार्यक्रममा सहकारीले उत्कृष्ठ वाल वचतकर्ता गोकुल घिमिरे , उत्कृष्ठ कारोवार सेयर सदस्य अमर देवकोटा , उत्कृष्ठ जेष्ठ नागरिक गोमा देवि अधिकारीलाई सम्मानसमेत  गरिएको थियो । उक्त कार्यक्रको संचालन सहकारी संस्थाका सचिव राजकुमार श्रेष्ठले  गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here