एजेन्सी, असोज ३१ । चर्चित अन्तराष्ट्रिय पपस्टार लेडी गागाले आफू करिअरको सुरुवाती चरणमा रहँदा केही पुरुषहरुले गलत फाइदा उठाउन खोजको बताएकी छन् ।
सामाजिक सञ्जाल ट्विटरमा नाङ्गा तस्वीर सार्वजनिक गर्दै प्रशंसकलाई हैरान पारेकी उनले यस्तो खुलासा गरेकी हुन् ।
२८ वर्षीय लेडी गागाले आफ्नो करिअरको सुरुवातमा आफूले केही पुरुषहरुलाई सबस सिकाउनुपरेको र उनीहरुले संगै काम गर्ने बहानामा फाइदा उठाउन खोजेको उल्लेख गरेकी छन् ।
उनले आफ्नो अनुभव सेयर गर्दै भनेकी छन्, ‘मलाई सुरुमा आफ्नो गाउने क्षमतामा खुसी महसुस हुदैनथ्यो । किनकी केही मानिसले मेरो गलत फाइदा उठाउन चाहन्थे ।’ उनले हालैमात्र ब्राजिलको रियो दि जेनेरियामा टपलेस तस्वीर खिचाएकी छन् ।