मोबाइलले बिग्रदो बालबालिकाको बानी र शनिबार बिर्तामोड बन्दको आवश्यकता

0
541

बिर्तामोड वडा नं. २ की संगीता पाठक (नाम परिवर्तन) सँग भर्खरै यात्रामा सात घण्टासँगै हिँड्ने मौका मिल्यो । उहाँ एक कुशल व्यवसायी साथै दुई सन्तानकी आमा हुनुहुन्छ । उहाँका दुई बालबालिका वर्ष ५ र वर्ष ७ का छन् । बिहान झिसमिसेमा उठेदेखि बेलुकीसम्म उहाँ घर, व्यवसाय, सामाजिक दायित्व आदिमा व्यस्त भएरै दैनिकी बित्दछ । यसो नानीहरु हेर्दा ५ वर्षको बच्चा ९ वर्ष जत्तिको अनि ७ वर्षको बच्चा १२ वर्ष जत्तिको देखिन्छन् । उहाँको व्यस्त दैनिकीले गर्दा बच्चासँग सँगै बिताउन नपाउने बाध्यता छ र नै उहाँ भन्नुहुन्छ– ‘बच्चालाई फकाउन मोबाइल फोनको सहायता लिने गरेको छु ।’

उहाँ एकल परिवारमा बसोबास गर्नुहुन्छ । साथै दुबै काममा घरबाट सधैँ बाहिर रहेन भएकाले नानीहरुका रोजाइका खाना ल्याई दिनुपर्ने बाध्यता पनि छ । उहाँहरुलाई थाह छ यस्ता खानाले बच्चाको पोषणमा बाधा पु¥याउँदछ । तर पनि बच्चाका फरमाईस पूरा नगर्दा बच्चा रिसाउने, झर्कने, कुनै काममा पनि मन लगाएर नगर्ने जस्ता क्रियाकलाप देखाउने गर्दछन् ।

वर्ष ५ का बच्चाले हाम्रो यात्राभरि सबै समय मोबाइलमा डाउनलोड गरेका गेमहरुमा बिताए । बाहिरफेरो हेर्ने, नयाँ ठाउँ आउँदा खुशी व्यक्त गर्ने, ठूला–ठूला घरहरु बजारहरु, विभिन्न प्राकृतिक कुराहरु देख्दा बच्चाले खुशी हुने रमाउने बच्चाको बानी, अदृष्य व्यक्तिहरुका भावनासँग रमाइरहेको थियो । मैले बारम्बार उसको नाम सोधिरँदा पनि उसले आफ्नो नाम भन्न अटेरी गरिरह्यो । उसको शारीरिक विकास पर्याप्त देखिए पनि मानसिक विकास भएको देखिँदैन थियो । उसको बोली स्पष्ट पनि थिएन । बच्चामा हुनुपर्ने चलाखीपनबाट, चञ्चलेपन बिल्कुलै थिएन ।

माथि उल्लेख गरिएको समस्य वास्तवमै संगीता पाठकका बच्चामा मात्रै देखिएको होइन यो समस्या अब हर घर–घरमा देखिएको समस्या हो । यो त एक प्रतिनिधि घटना वा समस्या मात्र हो । हर घरका बालबालिकाहरु अदृश्य मानवका भावनासँग रमाउने बानी परिसकेको छन् । यो एक सामाजिक विकासमा ठूला असर पारेको छ । यस्ता प्रकारका सामाजिक समस्याले समाजले कस्ता प्रकृतिका जनशक्ति उत्पादन हुन्छ होला । एकपटक सबैले सोच्ने बेला आएको छ ।

हर शनिवार आमा–बुवाको बिदा हुँदैन बालबालिकाहरु शनिबारे विदामा पनि घरका आमा–बुवासँग एकक्षण पनि समय बिताउन पाउँदैनन् । संस्कार–संस्कृति असर बानीहरु पुस्तालाई हस्तान्तरण हुनुपर्ने हो । तर, समय अभावका कारण बच्चा र आमा–बुवाको बीच भावनात्मक दुरी दिनानुदिन बढिरेको छ । आर्थिक उपार्जन आमा वा समान सहभागीका कारण बालबालिकाको सम्पूर्ण विकासमा बाधा पुगेको छ ।

अब बिर्तामोडको हकमा भन्ने हो भने व्यवसायिक रुपमा साप्ताहिक बिदा पनि सोमबार पर्दछ । नेपाल सरकारले अब साताको दुई दिन बिदा पनि शनिवार र आइतवार परेको हुँदा घरमा बालबालिकालाई मोबाइल थमाएर काममा जानुपर्ने बाध्यात्मक परिस्थितिबाट जोगिन राष्ट्रिय विदा भएको दिन नै व्यवसायिक साप्ताहिक बिदा दिनु नै यस्ता समस्याबाट केही राहत दिने उत्तम उपाय हो ।

साथै शनिवारे बिदा बिदा मात्र नभएर पारिवारिक जमघट, सामाजिक उत्तरदायित्वमा सरिक हुने छरछिमेकीसँग भलाकुसारी गर्ने, नानीबाबुसँगको भावना सँग–सँगै दिन बिताउँदा उनीहरुको सामिप्यताले असल समाज निर्माण गर्न असल जनशक्ति निर्माणमा ठूलो टेवा पुग्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here