भद्रपुरमा ‘श्रीकृष्ण रहस्य’ पुस्तकको लोकार्पण

0
587

भद्रपुर ।

भद्रपुर नगरपालिका–५ निवासी स्व। प्रेमदास उपाध्याय घिमिरेद्वारा लिखित ‘श्रीकृष्ण रहस्य’ पुस्तकको उनका परिवारजनले बुधवार एक कार्यक्रमका बीच लोकार्पण गरेका छन् ।

भद्रपुर ८ स्थित श्रीकृष्ण प्रणामी सत्सङ्ग सेवा परिषद्को भवनमा आयोजित कार्यक्रममा गुरु जगातनन्द महाराज, भद्रपुर नगरपालिका मेयर गणेश पोखरेल र उपमेयर राधा कार्कीले संयुक्त रुपमा ‘श्रीकृष्ण रहस्य’ पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकका लेखक घिमिरेको जन्म १९९० चैत ९ गते र निधन २०७८ जेठ १६ गते भएको थियो । पेसाले शिक्षक समेत रहेका उनले लेखेको सो पुस्तकको सम्पादन हरि मञ्जुश्री र डिल्लीराम निरौलाले गरेका हुन् ।

प्रकाशन व्यवस्थापन छोराहरू गम्भीर घिमिरे, लीला घिमिरे र हिमाली निरौला गरेका हुन् । बुबाको वार्षिक पुण्य तिथिको अवसरमा उहाँले लेख्नु भएको पुस्तकको विमोचन गरिएको छोरा लीलाले जानकारी दिए ।

जेठो छोरा गम्भीरको अध्यक्षता तथा गुरु जगातनन्द महाराजको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुरका मेयर पोखरेल, उपमेयर कार्की, चरणप्रसाद ढुङ्गाना, वेणुप्रसाद सिटौला, डिल्लीराम निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य देवु घिमिरेले राखेको कार्यक्रमको सञ्चालन खगेन्द्र चौलागाँईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here