काठमाडौंमा सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एक चिनियाँ नागरिकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
थानकोटको झेन्झोङ मेसिनरी निर्माण कम्पनीका सञ्चालक लि चियानले करिब साढे दुई महिनाअघि काममा रहेका बेला २४ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।
एक्लै कार्यलयमा रहेका बेला लि चियानले महिलामाथि जबरजस्ती करणीकाे प्रयास गरेका थिए। ‘म एक्ले अफिसमा हुँदा मलाई जबरजस्ती करणीकाे प्रयास भयाे मलाई कुटपिट पनि गर्याे तर, म त्यहाँबाट भाग्न सफल भएँ’, उनले भनिन्। यो घटना ०७८ फागुन २८ मा भएको थियो २४ घण्टाभित्रै प्रहरीलाई उजुरी दिएकाे उनले बताइन्।
लि चियान् घटनापछि लामो समयसम्म फरार भएका थिए। त्यसपछि उनी आफू पनि काममा जान छाडेकाे बताइन्। साढे दुई महिना फरार रहेका अभियुक्तले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। आरोपितले अनुसन्धानमा सहयोग गर्ने भन्दै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ। ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ। प्रचलित कानुन बमोजिम मुद्दाको थप कारबाही अघि बढाइने छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।
पीडितले ०७८ फागुनकाे तेस्रो साताबाट कम्पनीमा अनुवादकको रूपमा काम सुरु गरेकी थिइन्। ‘म उजुरीको फलोअप का लागि बारम्बार प्रहरी चौकीमा गएँ तर, प्रहरीले उनी अझै फरार भएको बतायो त्यसछि म पुन कम्पनीमा पनि गएँ तर उनी त्यहाँ थिएनन्,’ पीडितले भनिन्। अहिले लि चियान प्रहरी हिरासतमा छन्। न्याय पाउने आशमा रहेकाे उनले बताइन्।
पछिल्लो समय देशमा महिला हिंसा र बलात्कारको घटना बढ्दै गएका छन्। सरकारले हिंसासम्बन्धी कानुन को व्यवस्था ल्याउन नसक्दा दिनानुदिन घटना बढीरहेका छन्। यस्ता घटनाहरू दोहोरिन नदिन राज्यले घटनाका दोषीलाई कडा सजाएको व्यवस्था गर्न जरूरी देखिन्छ।nagariknews































