दुर्घटनामा एकजनाको मृत्यु

0
455

मुग्लिन,

 

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा गए राति एकजनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा ७५ प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको ट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो । ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here