इलाम, कात्तिक २४ । इलामको माईपोखरीमा भरूवा बन्दुक पड्किएर आज एक युवकको ज्यान गएको छ ।
माईपोखरी–५ भित्ते निवासी ३१ वर्षीय खेमबहादुर गुरूङको भरूवा बन्दुक पड्किएर ज्यान गएको हो ।
भरूवा बन्दुक पड्किएर लागेपछि घोप्टो अवस्थामा भूइँमा लडिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
उनको मृत्यु अचानक बन्दुक पड्किएर हो वा आत्महत्या गरेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थल बन्दुके प्रहरी चौकीबाट करिब दुई घण्टाको पैदल दुरीमा पर्छ ।































