विषदिरहीत तरकारी उत्पादनमा जोड

0
370

बिर्तामोड, कात्तिक २४ । झापाको चारपानेमा रहेका कृषकलाई लक्षीत गर्दै करेसावारी व्यवस्थापन, च्याउ खेती र टीपीएस आलु सम्वन्धी दुई दिवसीय प्रशिक्षण सुरु भएको छ ।
चारपाने गाउँ इकाइ मूल कृषक समूह झापाको आयोजनामा सुरु भएको तालिममा ७० जना कृषकको सहभागीता रहेको छ । विषदिरहित तरकारी उत्पादनमा जोड दिदै कृषकलाई समय अनुकुल तरकारी उत्पादनमा सहजता पु¥याउन तालिमको आयोजना गरिएको  चारपाने गाउँ इकाई मूल कृषक समूहका तीर्थबहादुर कटुवालले जानकारी दिए ।
तालिममा सहभागी कृषकलाई कृषि प्राविधिक शिवशंकर कुसियतले प्रशिक्षण प्रदान गर्ने बताइएको छ । तालिम उद्घाटन समारोहका अवसरमा कृषकलाई मुला, धनिया, गाजर, बोडी, प्याज, टिपिएस आलु लगायतको वीउ समेत निःशुल्क वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here