पथरीशनिश्चरेमा सुन्दर साकोसले बचतकर्ताको सम्पुर्ण रकम फिर्ता गर्ने लिखित सहमति

0
474

छविराज ढकाल / पथरीशनिश्चरे,

सोमबार ईलाका प्रहरी कार्यालय पथरीमा भएको छलफलमा सुन्दह सहकारी संस्थाले आगामी भदौ महिनाभरीमा बचतकर्ताको सम्पुर्ण रकम फिर्ता गर्ने लिखित सहमति जनाएको छ ।

मोरङको पथरीशनिश्चरे-५ मा रहेको उक्त सहकारीका अध्यक्ष एल.वि भनिने लाल बहादुर भण्डारी, व्यवस्थापक विश्व चौधरी र कर्मचारी राजेन्द्र तामाङलाई विपक्षि बनाएर १ करोड ५० लाख भन्दा बढी रकम हिनामिना गरेको आरोपमा केही दिन अघि मात्रै उजुरी परेको थियो।

२०७० सालदेखि सञ्चालनमा आएको उक्त साकोसले ३ सय बढी बचतकर्ताको १ करोड ५० लाख बढी रकम फिर्ता गर्न बाकी छ तर विगत ८ महिनादेखि संचालकहरु सहकारीमा ताला लगाएर लाखापाखा लागेपछि आफुहरु मर्कामा परेको भन्दै पीडितहरूले एक उजुरी दिएका थिए।

प्रहरी कार्यालयमा सुन्दह सहकारीबाट आफुहरू ठगीमा परेको भन्दै पीडित मध्येंका दीपा खड्का, रानु सुवेदी, चन्द्रकला रिमाल लगायत दर्जन बढिले संस्थाका अध्यक्ष सहित अन्य पदाधिकारीलाई पक्राउ गरी आवश्यक छानविन गरीदिन भन्दै उजुरी दिएपछि पथरी प्रहरीले सस्थाका अध्यक्ष र संचालक समितिमाथि छानविन सुरु गरेको हो। “अव आफुहरुले न्याय पाउने आशा पलाएको” पीडित मध्येंकी दीपा खड्काले बताउनुभयो ।

अहिले भण्डारी नेतृत्वको संचालक समितिको खराब नियत र कर्मचारीको मिलेमतोमा संस्थामा मनमर्जी रुपमा हिसाब मिलान गर्ने गरेका कारण संस्था टाँट पल्टिने अवस्थामा पुगेको र बचत फिर्ता गर्न नसक्ने अवस्थामा सहकारीलाई पुर्‍याएको भण्डारी नेतृत्वमाथि आरोप लागेको छ ।
यता अध्यक्ष भण्डारी भने संस्थाको अघिल्लो समितिले बुझाएको वासलात सहि भएपनि पासबुकमा भएको हिसाव नमिलेका कारण संस्था बन्द गर्नुपरेको र आफुले रकम हिनामिना नगरेको बताउदै पन्छिदै आएका छन् ।

गाउँघरमा आपतविपत पर्दा गर्जो टार्नका लागि खेति किसानी गरेर कमाएको रकम संस्थामा जम्मा गरेका बचतकर्ताहरु यति बेला आफ्नै पैसा माग्न कहिले नगरपालिकात कहिले वडा कार्यलय, कहिले संस्थामा नै बसेर कचहरी गरिरहेका छन् ।

विगत ८ महिनादेखि आफ्नो बचत रकम फिर्ता माग्न उनिहरु विभिन्न निकायका ढोका ढकढक्याउन पुग्नु परेको छ। तर कसैबाट न्यायका लागि पहल नभएपछि यतिबेला उनिहरु प्रहरी प्रशासनको सहयोग माग्न इलाका प्रहरी कार्यालय पथरीमा पुगेको पिडीत खड्काले बताउनुभयो ।

भण्डारी सो सहकारीका स्थापना कालका अध्यक्ष हुन् । बिचमा साधारणसभा गरेर सुन्दर सहकारी छाडेका भण्डारीले पथरीशनिश्चरे नगरपालिका वडा नम्वर-६ मा अर्को कुटो कोदाली कृषि सहकारी दर्ता गरेर सञ्चालन गरिरहेका छन् । पछिल्लो समय भण्डारी सुन्दहमा पूनः अध्यक्ष भएर आएपछि संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here