खोलामा डुबेर दुई जनाको मृत्यु

0
682

बिराटनगर ।

उदयपुरको ताप्लि गाउँपालिका–१ मा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

ताप्लि–१ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हानेर माछा मार्न गएकोमा दहमा डुबेर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोलीले मृतक लाशलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बलबहादुर दर्जीका ८ बर्षीय छोरा अन्जान दर्जी साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here