भ्रम छर्नेलाई मतदान नगर्न बुढाथोकीको आग्रह

0
320

अर्जुनधारा , नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा क्षेत्र नम्बर २ बाटै आफुले राजनीति शुरु गरेको र यही क्षेत्रबाटै चुनाव लडने इच्छा रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस झापा अर्जुनधारा नगरपालिका ४ नम्बर वडामा आयोजित जनतासँग कांग्रेस अभियान अन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बुढाथोकीले अहिलेसम्म एमालेले चुनाव जितेको बिर्तामोड, शनिस्चरे, खुदुनाबारी सडकको बिकास हुन नसकेको बताउँदै आश्वासन बाड्ने तर काम नगरी जनतामा भ्रम मात्रै छर्नेेलाई मतदान नगर्न जनतालाई आह्वान गर्नुभयो ।
एमालेको सर्वसत्तावादलाई परास्त गर्दै संविधान जोगाउन गठबन्धन भएको  प्रष्ट पार्दै नेता बुढाथोकीले आसन्न निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई जिताउन अपिल पनि गर्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले पार्टीले जस्लाई टिकट दिएपनी सबै कार्यकर्ताहरुले रुख चिन्हका उम्मेदवार्लाई बिजयी गराउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, जिल्ला सदस्य सरस्वती सिटौला, प्रदेश सदस्य रञ्जिता कार्की, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले मन्तब्य राख्नुभएको थियो ।
अर्जुनधारा नगर सभापति हेमराज खरेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा  सहभागीहरुका तर्फबाट वी.पी.को नीति, समाजवाद, किसानका समस्या, खोला, तटबन्धन, जङ्गली हात्तीको समस्या, आधारभूत स्वास्थ्य चौकीमा चिकित्सकको आवश्यकता लगायतका विषयमा जिज्ञाशा राखेका थिए । ४ नम्बर वडा सभापति खेम काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत रेणुका बुढाथोकीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here