झापा । 
मंसीर ४ मा हुने प्रतिनिधि, प्रदेश सभा निर्वाचनका लागि झापामा सात सय ६६ वटा मतदान केन्द्र तय भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै निर्वाचन केन्द्र झापा क्षेत्र नं. ५मा तय भएका हुन् । झापा क्षेत्र नं. ५को निर्वाचन क्षेत्र १ र २मा मात्रै एक सय ७६ वटा निर्वाचन केन्द्र छन् । ६१ वटा मतदान केन्द्रका लागि १ सय ७६ वटा निर्वाचन केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिए । नेपालका अनुसार झापा क्षेत्र नं. १मा एक सय ३४, २ मा एक सय ५२, ३मा एक सय ५५, ४मा १४९ वटा निर्वाचन केन्द्र तय भएका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा प्रतिनिधि–प्रदेशसभाको निर्वाचनका लागि १७ हजार ७७ जना मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनमा झापामा ६ लाख ४६ हजार दुई सय ३४ मतदाता रहेकोमा यो निर्वाचनमा ६ लाख ६३ हजार तीन सय ११ जना मतदाता रहेका छन् । जिल्लामा कायम रहेका सात सय ६६ वटा मतदान केन्द्रका लागि दुई सय ८५ वटा मतदान स्थल तय गरिएको बताइएको छ । मतदाताको संख्या समेत झापा क्षेत्र नं. ५मै बढी रहेको छ । यो निर्वाचन क्षेत्रमा ७६ हजार ६७ पुरुष र ७८ हजार दुई सय २० महिला तथा दुई अन्य गरी एक लाख ५४ हजार दुई सय ८९ मतदाता छन् । जहाँ निर्वाचन केन्द्र मात्रै ६१ वटा रहेको बताइएको छ ।
यता झापा १को १मा पुरुष मतदाताको संख्या ३६ हजार १९८ र महिला मतदाताको संख्या ३५ हजार ७७९ गरी ७१ हजार नौ सय ७७ रहेको छ भने मतदानस्थल २८ र मतदान केन्द्र ८० वटा रहेका छन् । १को २मा २४ हजार ३९ पुरुष मतदाताको संख्या छ भने महिला मतदाताको संख्या २४ हजार तीन सय ५९ गरी ४८ हजार तीन सय ९८ मतदाता छन् । यो निर्वाचन क्षेत्रमा १७ मतदानस्थल र मतदान केन्द्र ५४ वटा रहेका छन् ।
झापा क्षेत्र नं. २को १मा पुरुष मतदाताको संख्या ३९ हजार पाँच सय ३२ रहेको छ भने महिला मतदाताको संख्या २९ हजार सात सय ७० र अन्य दुई गरी ५९ हजार तीन सय चार जना मतदाता छन् । यो निर्वाचन क्षेत्रमा १९ मतदान स्थल र मतदात केन्द्र ६६ वटा रहेका छन् । निर्वाचन क्षेत्र २को २मा पुरुष मतदाताको संख्या ३७ हजार एक सय २५ र महिला मतदाताको संख्या ३७ हजार ६ सय ५९ तथा अन्य मतदाताको संख्या ३ गरी ७४ हजार सात सय ८७ रहेका छ । यहाँ मतदानस्थल ३० र मतदान केन्द्र ८६ रहेको छ ।
झापा क्षेत्र नं. ३को १मा पुरुष मतदाताको संख्या ३३ हजार सात सय ८२, महिला मतदाताको संख्या ३३ हजार चार सय ६६ गरी ६७ हजार दुई सय ४८ मतदाता छन् । यो क्षेत्रमा ३६ मतदान स्थल र ८० मतदान केन्द्र रहेका छन् । यता ३को २मा ३२ हजार दुई सय ७९ पुरुष र ३१ हजार ९ सय ५ महिला मतदाता गरी ६४ हजार एक सय ८४ मतदाता यो निर्वाचन क्षेत्रमा छन् । ३१ वटा मतदान स्थल रहेको यो केन्द्रमा ७५ वटा मतदान केन्द्र कायम गरिएको छ ।
झापा क्षेत्र नं. ४को १मा २६ हजार सात सय ५५ पुरुष र २६ हजार सात सय ४९ महिला तथा एक अन्य गरी ५३ हजार दुई सय पाँच कूल मतदाता छन् । यो निर्वाचन क्षेत्रमा मतदानस्थल ३० र मतदान केन्द्र ६६ वटा रहेका छन् । त्यस्तै ४को २मा पुरुष मतदाताको संख्या ३५ हजार दुई सय ७६ र महिला मतदाताको संख्या ३४ हजार ६ सय ५२ गरी ६९ हजार ९ सय १९ मतदाता छन् । मतदान स्थल ३३ र मतदान केन्द्र ८३ रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
यता निर्वाचन क्षेत्र नं. ५को १मा ३७ पाँच सय ६४ पुरुष मतदाता छन् भने ३४ हजार दुई सय ६९ महिला मतदाता छन् । त्यस्तै एक अन्य गरी यो क्षेत्रमा ७४ हजार ८ सय ३४ मतदाता रहेका छन् । ३५ मतदानस्थल रहेको यो क्षेत्रमा ८९ मतदान केन्द्र रहेका छन् । ५को २मा पुरुष मतदाताको संख्या ३८ हजार पाँच सय तीन र महिला मतदाताको संख्या ४० हजार नौ सय ५१ तथा एक अन्य गरी कूल मतदाताको संख्या ७९ हजार चार सय ५५ रहेको छ । यो निर्वाचन क्षेत्रमा मतदान स्थल २६ र मतदान केन्द्र ८७ कायम गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताए ।

























