बिर्तामोड । 
नेकपा एमालेका प्रदेश कमिटी सदस्य हरिकुमार रानाले दल बदल्दै प्रतिनिधिसभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।
अर्जुनधारा नगरपालिकाका पूर्व मेयरसमेत रहेका राना एमाले पार्टी परित्याग गर्दै झापा क्षेत्र नं. २ बाट कांग्रेस गठबन्धनको तर्फबाट उम्मेदवारबनेका छन् । उनी एकीकृत नेकपा माओवादीको चुनाव चिन्ह्रवाट निर्वाचन लड्दैछन् ।
टिकट पाइसकेकी माओवादीकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंको ठाउँमा उनले स्थान पाएका हुन् । २०४० देखिको राजनीतिक यात्राका क्रममा तत्कालीन नेकपा माले हुँदै एमालेमा आइपुग्दा अञ्चल कमिटी सदस्य, त्यसपछि एमालेको पूर्वाञ्चल कमिटीको सदस्य र पछिल्लो समय राना प्रदेश १ कमिटीका सदस्य रहेका थिए । राना २०४९ सालमा भएको स्थानीय निर्वाचनमा शनिश्चरे गाविसको गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै पहिलो स्थानीय निर्वाचन २०७४ मा उनी अर्जुनधारा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए ।


























